सभापति देउवाको बचाउमा बोले प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य परीक्षणका लागि बैंकक गएको सन्दर्भलाई पनि सरकार ढल्छ भन्ने खालका हल्लासँग जोड्न खोजिएको टिप्पणी गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले एमाले र कांग्रेससँगको सहमतिबमोजिम १५ महिनापछि आफूले सभापति देउवालाई प्रधानमन्त्री हस्तान्तरण गर्ने बताए ।

कांग्रेस सभापति देउवा उपचारका लागि बैंकक प्रस्थान गरेका छन् । देउवाको आँखा र पेटका साथै नियमित स्वास्थ्य परीक्षण हुनेछ । स्वास्थ्य उपचारमा जाँदा पनि सभापति देउवाविरुद्ध केही समूहले सरकार ढल्न लाग्यो भनेर प्रचारवाजी गरिरहेका छन् ।

सरकार ढल्ने र सभापति देउवाको स्वास्थ्य उपचारका विषयमा भएका टिकाटिप्पणीप्रति प्रधानमन्त्री ओलीले खण्डन गर्दै सत्यतथ्य बाहिर ल्याएका हुन् ।

Published : Tuesday, 2025 April 22, 9:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया