१५ अर्ब घोटालामा संलग्न नाइक प्रदीपसहितको समूहलाई कारबाही माग गर्दै प्राधिकरण घेराउ
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा झण्ड १५ अर्ब घोटाला, भ्रष्टाचार र अनियमिततामा मुछिएका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहितको समूहलाई कारबाहीको माग गरेर युवा संगठन नेपाल र अखिल समाजवादीले संयुक्तरुपमा प्रदर्शन गरेका छन् ।
सोमबार प्राधिकरणको केन्द्रीय कार्यालय, काठमाडौं, सिनामंगमा विप्लव नेतृत्वको कम्युनिस्ट पार्टी समर्थक मानिने युवा संगठन नेपाल र अखिल (समाजवादी)ले महानिर्देशक अधिकारीविरुद्ध नारावाजी गर्दै प्रदर्शन गरेका हुन् । उनीहरूले प्राधिकरणको मूल गेटमा विरोध प्रदर्शनका साथै नारावाजी समेत गरेका छन् ।
प्रदर्शनकारीले ‘नीतिगत भ्रष्टाचारीलाई कारबाही गर’, ‘एकीकृत जनक्रान्ति जिन्दावाद’, ‘प्रदीप अधिकारी राजीनामा दे’ जस्ता नारा लगाएका छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा शुरुदेखि नै भ्रष्टाचार, घोटाला र अनियमितता भएको भन्दै सार्वजनिक लेखा समितिका सदस्य राजेन्द्र लिङ्देन संयोजक रहेको उपसमितिले तयार पारेको प्रतिवेदनमा तत्कालीन आयोजना प्रमुख (हालका महानिर्देशक) अधिकारीसहितका उच्च कर्मचारीहरूलाई कारबाही गर्न सिफारिस गरेको छ । लिङ्देन समितिले विमानस्थलमा झण्डै १५ अर्ब घोटाला भएको ठहर गरेको छ । यसको मुख्य नाइकेका रुपमा तत्कालीन आयोजना प्रमुख (हालका महानिर्देशक) अधिकारीलाई आक्षेप लगाइएको छ ।
अधिकारी २०७१ देखि २०७४ सम्म पोखरा विमानस्थल आयोजनाका प्रमुख थिए । २०७८ पछि महानिर्देशक रहेका अधिकारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीहरू परेका छन् । अख्तियारले अधिकारीसहितका उच्च कर्मचारीहरूसँग बयान लिँदै आएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया