कांग्रेस सभापति देउवा थाइल्याण्ड प्रस्थान
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेका छन् ।
आइतबार सभापति देउवा थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेको निजी सचिवालयले जनाएको छ ।
नियमित उपचारका लागि सभापति देउवा बैंकक गएका हुन् । उनले आँखा र पेटको जाँच गराउनेछन् ।
सभापति देउवालाई विदाइ गर्न कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महत, गृहमन्त्री रमेश लेखक, सुदूरपश्चिमका मुख्यमन्त्री कोमल शाह लगायतको नेताहरू विमानस्थल पुगेका थिए ।

Published : Sunday, 2025 April 20, 6:39 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया