कथित राजावादीहरूको आन्दोलनको खुट्टी देखेपछि कांग्रेसले भाउ दिएन, दस्तावेजमा एक शब्द राखेन

काठमाडौं । कथित राजावादीहरूको प्रदर्शनलाई लिएर केही कम्युनिस्ट दलहरू डराएर थुरुरु भएका बेला नेपाली कांग्रेले राजावादीहरूलाई भाउ दिएको छैन ।

आइतबार पार्टी केन्द्रीय कार्यालय, वीपीनगर, ललितपुरमा बसेको कार्यसम्पादन समितिको बैठकमा कांग्रेसले राजावादीहरूको आन्दोलनको बारेमा छलफल पनि गरेन । कांग्रेसले कथित राजावादीहरूको प्रदर्शन र आन्दोलनमा टिप्पणी गर्न आवश्यक ठानेन । बैठकपछि जारी विज्ञप्तिमा पनि कांग्रेसले राजावादीहरूको विषयमा एक शब्द उल्लेख गरेको छैन ।

कांग्रेसले मुलुकको राजनीतिलाई निकै राम्रोसँग बुझेको छ । राजसंस्थाप्रति विगतमा कांग्रेसले देखाएको इमान्दारिताको मूल्य धेरै पटक चुकाएको छ । कांग्रेसका कारण राजसंस्था यो मुलुकबाट गएको होइन । तत्कालीन राजा ज्ञानेन्द्र शाहीको गलत निर्णय, गलत व्यक्तिहरूसँगको संगठत, कांग्रेस जस्तो लाकतान्त्रिक पार्टीलाई दुश्मन ठानेका कारण राजसंस्था आफै भीरबाट लडेको हो ।

पूर्वराजा ज्ञानेन्द्र शाहले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं, छुद्र अभिव्यक्ति दिने ज्ञानबहादुर शाही, रविन्द्र मिश्र, नवराज सुवेदी, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, धवलशम्शेर राणा, एमालेको चुनाव चिन्हबाट उम्मेदवार बनेर पराजित भएका कमल थापा जस्ता व्यक्तिलाई लिएर ज्ञानेन्द्र शाह राजगद्दीमा फर्किने सपना देख्न थालेका छन् । ज्ञानेन्द्र शाहले राजगद्दीमा फर्किने सपना देखेर परिचालन गरेका अनुहारलाई कांग्रेसले धेरै राम्रोसँग चिनेको छ । सोही कारण पनि कांग्रेसले राजावादीहरूप्रति भाउ नदिएको हो ।

सार्वजनिक कार्यक्रमहरूमा सभापति शेरबहादुर देउवासहितका नेताहरूले पूर्वराजा ज्ञानेन्द्र शाह राजा बनेर फर्किन नसक्ने, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्ष बन्नु पार्ने वा राजनीतिक दल खोलेर राजनीति गर्न सुझाव दिइसकेका छन् । राजा, धर्म र जातको नाममा राजनीति गर्न नहुने भनेर कांग्रेसका शीर्ष नेताहरूले सार्वजनिक अभिव्यक्ति दिएपछि औपचारिक दस्तावेजमा कांग्रेसले राजावादीहरूप्रति चासो देखाएको छैन ।

नवराज सुवेदीको संयोजकत्वमा ज्ञानेन्द्र शाहलाई राजगद्दीमा फर्काउने भनेर जनआन्दोलन परिचालन समिति पनि घोषणा गरेका छन् । नवराज सुवेदीको यो समितिविरुद्ध राजावादी अगुवाहरू नै असन्तुष्ट छन् । राजावादीको आन्दोलन तुहिने अवस्थामा पुगिसकेको छ ।

Published : Monday, 2025 March 24, 11:24 am

फेसबुकबाट तपाईको प्रतिक्रिया