रामपुर र निष्दीका परीक्षा केन्द्रका केन्द्राध्यक्षहरूसँग प्रहरीद्वारा परामर्श
रामपुर । इलाका प्रहरी कार्यालय, रामपुर, पाल्पाले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारी र सञ्चालनका विषयमा परामर्श गरेको छ ।
सोमबार इलाका प्रहरी कार्यालय रामपुरमा प्रहरी निरीक्षक (ईन्स्पेक्टर) रामबहादुर नेपालीले रामपुर नगरपालिका र निष्दी गाउँपालिका अन्तर्गतका परीक्षा केन्द्रका केन्द्राध्यक्षहरूसँग परामर्श गरेका हुन् । चैत ७ देखि १९ गतेसम्म सञ्चालन हुने एसईई परीक्षालाई शान्तिपूर्ण र मर्यादित रुपमा सम्पन्न गर्ने सहमति भएको ईन्स्पेक्टर नेपालीले बताए ।
‘माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को लागि रामपुर नगरपालिका र निष्दी गाउँपालिकाअन्तर्गत पर्ने परीक्षा केन्द्रका केन्द्राअध्यक्षहरूसँग परीक्षा शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्ने विषयमा अन्तर्क्रिया भएको छ ।’
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया