कथित कम्युनिस्ट किल्ला रुकुम पूर्वमा तरुण दलद्वारा पूर्णकालीन सदस्यता वितरण
रुकुम पूर्व । नेपाल तरुण दल रुकुम पूर्वले पूर्णकालीन सदस्यताहरू धमाधम वितरण गरेको छ ।
केन्द्रबाट आएको निर्देशन र फारामहरूलाई तरुण दल रुकुम पूर्वले वितरण गर्नुका साथै संगठन निर्माणको कार्य अगाडि बढाएको हो । तरुण दलको केन्द्रीय महाधिवेशनलाई समयमा सम्पन्न गर्ने उदेश्यका साथ रुकुम पूर्वको तरुण दलले जिम्मेवारी बहन गरेको छ ।
पूर्णकालीन सदस्यता वितरणपछि फारामहरू रुकुम पूर्व तरुण दलले केन्द्रमा पठाउनेछ । त्यसपछि केही प्रशासनिक प्रक्रिया पूरा हुनेछन् ।
नेकपा (माओवादी केन्द्र)ले रुकुम पूर्वलाई आफ्नो कथित किल्लाको रुपमा दाबी गर्दै आएको छ । तर, तरुणहरूले माओवादीको कथित किल्लालाई भत्काएर नेपाली कांग्रेसको किल्ला बनाउने अभियान शुरु गरेका छन् ।
Published : Saturday, 2025 March 15, 8:33 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया