कांग्रेस कोषाध्यक्ष श्रेष्ठलाई मातृशोक, सभापति देउवाद्वारा श्रद्धाञ्जलि व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका कोषाध्यक्ष एवं पूर्व राज्यमन्त्री उमेश श्रेष्ठलाई मातृशोक परेको छ ।

नेता श्रेष्ठकी आमा ८९ वर्षीया लीलादेवी श्रेष्ठको शुक्रबार राति काठमाडौंको ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचारका क्रममा निधन भएको कांग्रेस केन्द्रीय कार्यालयद्वारा जारी शोक वक्तव्यमा उल्लेख छ ।

स्व.लीलादेवी श्रेष्ठको पार्थिव शरीरलाई आजै (शनिबार) दिउँसो २ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ ।

स्व.लीलादेवी श्रेष्ठको निधनबाट नेपाली कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको जनाएको छ ।

लीलादेवी श्रेष्ठको निधनप्रति नेपाली कांग्रेसका सभापति, संसदीय दलका नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।

‘स्व.लीलादेवी श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु’, सभापति देउवाले भनेका छन् ।

Published : Saturday, 2025 March 15, 11:00 am

फेसबुकबाट तपाईको प्रतिक्रिया