भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणको काम सुरु भयो : गृहमन्त्री लेखक
बझाङ । गृहमन्त्री रमेश लेखकले भूकम्प प्रभावित क्षेत्रमा निजी आवासको पुनर्निर्माणको कार्य सुरु भएको बताएका छन् ।
शुक्रबार बझाङमा जिल्ला भूकम्पीय पुनर्निर्माण तथा पुनर्स्थापना आयोजना कार्यान्वयन ईकाइ कार्यालयको उद्घाटन गर्दै लेखकले भूकम्पले प्रभावित भएका जिल्लाहरूमा पुनर्निर्माणको लागि आवश्यक मापदण्ड नियामावली सँगै बजेटको व्यवस्था गरिएको बताए ।
उनले निजी आवासलाई पुनर्निर्माणको जिल्लामै कार्यालय स्थापना गरी सो कार्यको थालनी भएको बताएका छन् । उनले भने, ‘निजी आवासको पुनर्निर्माणको कार्यसँगै सरकारी भवनहरूको पुनर्निर्माणको लागि कार्यान्वयन ईकाइले नै समन्वय गर्नेछ ।’
गृहमन्त्री लेखकले भने, ‘निजी आवास पुनर्निर्माणको कार्य स्थानीय तहको महत्वपूर्ण भूमिका रहेको र लाभग्राही पहिचान तथा छनोट गरी सिफारिस गर्नुहुन्छ त्यति चाँडो नै पुनर्निर्माणको कार्य सुरु हुन्छ ।’
‘भूकम्प जस्ता विपदहरूबाट प्रभावितहरूको पुनर्स्थापना सरकारको प्राथमिकता रहेको छ’, लेखकले भने, ‘विकासका कुरामा सत्ता पक्ष मात्रै नभएर सबै मिलेर अगाडि बढेर काम सम्पन्न गर्नुपर्छ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया