बाँसगढीको होटलमा प्रहरी छापा, जुवा खेल्ने सात जना पक्राउ

बाँसगढी । जिल्ला प्रहरी कार्यालय बर्दियाले जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको जनाएको छ ।

बाँसगढी नगरपालिका–५ बाँसगढी बजारस्थित मुनलाईट होटलको कोठामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले छापामारेको विज्ञप्तिमार्फत जनाएको छ ।

स्थानीय ३९ वर्षीय रामबहादुर बुढाथोकी समेत ७ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।

इलाका प्रहरी कार्यालय मोतीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८४ हजार रूपियाँ, मोबाईल ७ थान र ३ बुक ताससहित पक्राउ गरेको छ ।

Published : Thursday, 2025 February 27, 1:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया