सभापति खतिवडा नर्मदेश्वर महोत्सवमा सहभागी, शिवरात्रिको अवसरमा शुभकामना व्यक्त

लिखु । नेपाली कांग्रेसका नेता एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा नर्मदेश्वर महोत्सवमा सहभागी भइ शुभकामना दिएका छन् ।

बुधबार ओखलढुङ्गाको लिखु गाउँपालिका वडा नं. ३ नर्मदेश्वर मन्दिर परिसरमा आयोजित ‘ऐतिहासिक नर्मदेश्वर महोत्सव २०८१’ को सभापति खतिवडाले उद्घाटन गरेका छन् । उनले महोत्सवको सफलताको कामना गर्दै स्थानीय पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास लिएको बताए ।

सभापति खवितडाले माहशिवरात्रिको अवसरमा पनि शुभकामना दिएका छन् । शिवरात्रिको अवसर पारेर नर्मदेश्वर महोत्सवको सुरुवात भएको भन्दै उनले खुसी व्यक्त गरेका छन् ।

लिखु गाउँपालिकाका अध्यक्ष अशोक कार्कीले नर्मदेश्वर महोत्सवले स्थानीय पर्यटनलाई सहयोग पुग्ने अपेक्षा लिएको बताएका छन् । कार्कीले महोत्सवमा छिमेकी जिल्लाबाट पनि स्थानीय जनताको आवागमन हुने बताए ।

Published : Wednesday, 2025 February 26, 9:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया