७० वर्ष पूरा गरेका जेष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र अनिर्वाय नगरौँ : सभापति खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद समेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ७० वर्षभन्दा माथि उमेर पुगेका जेष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र अनिर्वाय नगर्न सरकारसँग आग्रह गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै खतिवडाले ७० वर्षभन्दा माथि उमेर पुगेका जेष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र लागू नगर्न आग्रह गरेका छन् ।

उनले लागू गर्नै पर्दा राष्ट्रिय परिचयपत्र घरमा पुगेर वितरण गर्ने व्यवस्था हुनुपर्ने माग गरे । वडाबाट राष्ट्रिय परिचयपत्र वितरणका लागि व्यवस्था गर्न सभापति खतिवडाले सरकारसँग आग्रह गरेका छन् ।

उनले भने, ‘अहिले देशव्यापरी रुपमा राष्ट्रिय परिचयपत्र लागू गरिएको छ । ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकहरूलाई राष्ट्रिय परिचयपत्र लागू गर्दा ७० वर्षभन्दा माथिक जेष्ठ नागरिकलाई या राष्ट्रिय परिचयपत्र लागू नगरियोस् ।’

‘वहाँहरूलाई लागू गर्ने अवस्था सिर्जना भयो भने प्रत्यके पालिकाको प्रत्येक वडामा नै राष्ट्रिय परिचयपत्र दिने व्यवस्था सम्बन्धित वडाले घरघरमा गएर दिने व्यवस्था सरकारले गरिनुपर्छ’, सभापति खतिवडाले भनेका छन् ।

Published : Tuesday, 2025 February 25, 8:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया