काठमाडौंबाट पोकली हिँडेको बस दुर्घटना, थुप्रै यात्रु घाइते
काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा बस दुर्घटना हुँदा १७ यात्रु घाइते भएका छन् ।
मंगलबार बिहान काठमाडौंबाट रामेछाप हुँदै ओखलढुङ्गा जान लागेको बस धुलिखेलको शारदा बतासेस्थित वीपी राजमार्गमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बागमती प्रदेश–३–०१–००५ ख ९९४२ नम्बरको बस अनियन्त्रित भई सडकको नालीमा पल्टिएको छ । बसमा २४ यात्रु सवार थिए ।
घाइतेहरूलाई उपचारको लागि धुलिखेल अस्पतालमा पठाइएको छ । चालक र सह–चालकको टाउकोमा गम्भीर चोट छ ।
बस रामेछापको धोबी, ढाडे हुँदै ओखलढुङ्गाको पोकलीका लागि यात्रु लिएर जान लागेका बेला दुर्घटनामा परेको छ ।
Published : Tuesday, 2025 February 25, 12:13 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया