परराष्ट्रमन्त्री डा.राणासँग नर्वेका उपविदेशमन्त्री क्राभिकद्वारा भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग नर्वेका उपविदेशमन्त्री एन्ड्रियास क्राभिकले भेटवार्ता गरेका छन् ।

सोमबार स्वीट्जरल्याण्डको जेनेभामा डा.राणा र क्राभिकबीच भएको भेटमा नेपालको विकास प्रयासमा नर्वेले गरेको सहयोगका विषयमा छलफल भएको छ ।

डा.राणाले भनेकी छिन्, ‘नेपालको विकासमा नर्वेले गरेको सहयोगका लागि मैले महामहिम क्राभिकलाई धन्यवाद दिएँ । हामीले हाम्रो साझेदारीलाई मजबुत बनाउने उपायहरूबारे छलफल गरेका छौँ ।’

मानव अधिकार आयोगको ५८औँ अधिवेशनका अवसरमा परराष्ट्रमन्त्री डा.राणा जेनेभामा छिन् । उनले विभिन्न देशका विदेशमन्त्रीहरूसँग भेटवार्ता गर्दै आएकी छिन् ।

Published : Tuesday, 2025 February 25, 12:34 am

फेसबुकबाट तपाईको प्रतिक्रिया