राष्ट्रसंघीय मानवअधिकार परिषदको उच्चस्तरीय सत्रमा सहभागी हुन परराष्ट्रमन्त्री डा.राणा जेनेभा प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८औँ उच्चस्तरीय सत्रमा भाग लिन जेनेभा प्रस्थान गरेकी छिन् ।

शनिबार राति परराष्ट्रमन्त्री डा.राणा जेनेभा प्रस्थान गरेकी हुन् । डा.राणालाई बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, प्रतिनिधि सभाको अर्थ समितिका सभापति सन्तोष चालिसे र परराष्ट्र मन्त्रालयका कर्मचारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरेका छन् ।

स्वीट्जरल्याण्डको जेनेभामा परराष्ट्रमन्त्री डा.राणाले फागुन १२ गते उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

परराष्ट्रमन्त्री डा.राणाले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको सन् २०२७ देखि २०२९ को कार्यकालका लागि नेपालको उम्मेदवारीमा संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूबाट समर्थन जुटाउन पहल गर्नेछिन् ।

जेनेभामा उच्चस्तरीय सत्रमा परराष्ट्रमन्त्री डा.राणा सहभागी भइ फागुन १६ गते स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Published : Saturday, 2025 February 22, 7:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया