एसपी मण्डलको एसएसपीमा बढुवा सिफारिस
काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीमा प्राविधिक समूह, ईन्जिनियरिङ उपसमूहमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा श्यामकुमार मण्डललाई सिफारिस गरेको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) मण्डललाई एसएसपी बढुवाका लागि गृह मन्त्रालय बढुवा समितिको सचिवालयले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ ।
एसपीबाट एसएसपीमा बढुवा हुने सूचीमा मण्डल एकल रहेका छन् । उनलाई एसएसपीमा बढुवाका लागि समितिको मंसिर १३ गते बिहीबार बसेको बढुवा समितिले सिफारिस गरेको हो ।
Published : Thursday, 2024 November 28, 10:30 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया