नेपाली कांग्रेस गुल्मी-काठमाडौं सम्पर्कसमितिद्वारा दशैँ, तिहारको शुभकामना आदान प्रदान
काठमाडौं । नेपाली कांग्रेस गुल्मी–काठमाडौं सम्पर्क समितिले दशैँ, तिहारको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ ।
शनिबार काठमाडौंको प्रदर्शनीमार्गमा समितिले शुभकामना अदान प्रदान कार्यक्रम राखेको नेपाली कांग्रेस लुम्बिनीका प्रदेश कार्यसमितिका सदस्य मोतीलाल भण्डारीले बताए । भण्डारीले भने, ‘दशैँ, तिहारको अवसरमा गुल्मी जिल्लाबाट काठमाडौं उपत्यकामा आएर बसोबास गर्ने कांग्रेसका साथीहरूबीच अनौपचारिक चियापान र शुभकामना आदान प्रदानको कार्यक्रम राखिएको हो ।’
कार्यक्रमलाई कांग्रेसका नेता चन्द्र चण्डारी, दीपक गिरी, रामहरि खतिवडाले सम्बोधन गरेका थिए । उनीहरूले कांग्रेसलाई गुल्मीका नेता कार्यकर्ताहरू संगठन निर्माणमा सहयोग गरेको भन्दै प्रशंसा गरेको छन् ।



बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया