कांग्रेसको क्रियाशील सदस्य नभएका जनसम्पर्क समिति अध्यक्षको महाधिवेशन र महासमिति पद खोसियो
काठमाडौं । नेपाली कांग्रेसले नेपाली जनसम्पर्क समितिहरुलाई परिपत्र गरेर विधानको केही प्रावधान निलम्बन र नियमावली परिमार्जन गर्ने निर्णय भएको जनाएको छ ।
बुधबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनसम्पर्क समितिहरुलाई परिपत्र गरेर विधानको केही प्रावधान निलम्बन गरेको जनाएका छन् ।
परिपत्रमा भनिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको साउन २३ देखि भदौ १६ गतेसम्म बसेको बैठकले विदेशस्थित नेपाली जनसम्पर्क समितिको अधिवेशन प्रक्रियालाई सहज बनाउन, एकरुपता ल्याउन, जनसम्पर्क समितिको अधिवेशन प्रक्रियालाई सहज बनाउन, एकरुपता ल्याउन, जनसम्पर्क समितिको सदस्यता, नेतृत्व चयन प्रक्रिया र आवद्धतालाई फराकिलो बनाउन तथा महाधिवेशन तथा महासमितिमा जनसम्पर्क समितिबाट हुने प्रतिनिधित्वलाई थप स्पष्ट बनाउने उद्देश्यले नेपाली कांग्रेसको विधानको केही प्रावधान निलम्बन र नियमावली परिमार्जन गर्ने निर्णय गरेको विदित नै छ ।’
‘नेपाली जनसम्पर्क समितिको अध्यक्ष बन्नको लागि नेपाली कांग्रेसको क्रियाशील सदस्य हुनैपर्ने विधानको प्रावधानलाई निलम्बन गरिएको हो’, परिपत्रमा भनिएको छ, ‘अब नेपाली जनसम्पर्क समितिको अध्यक्ष, पदाधिकारी र सदस्य चयन गर्दा नेपाली कांग्रेसको क्रियाशील सदस्य वा नेपाली जनसम्पर्क समितिका सदस्यमध्येबाट चयन हुन सक्ने स्पष्ट व्यवस्था गरिएको छ ।’
परिपत्रमा भनिएको छ, ‘नेपाली जनसम्पर्क समितिका अध्यक्ष र पदाधिकारी बन्नको लागि क्रियाशील सदस्य अनिर्वाय नभएपछि अध्यक्ष स्वतः महाधिवेशन हुने प्रावधान र सोसंग सम्बन्धित उपधारा निलम्बन गरिएको छ ।’
‘अब क्रियाशील सदस्य नभएको व्यक्ति अध्यक्ष भएमा महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य हुन सक्ने छैनन्’, कांग्रेसले परिपत्रमा भनेको छ, ‘अध्यक्ष पदेन हुने बाहेक हाल विभिन्न देशबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य यथावत छन्, रहनेछन् ।’
‘विधान बमोजिम हरेक देशबाट महाधिवेशन र महासमितिमा प्रतिनिधित्व हुने व्यवस्था निरनतर रुपमा कायम नै रहने कुरा निर्देशानुसार प्रष्ट पार्न चाहन्छौं’, कांग्रेसको परिपत्रमा भनिएको छ ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया