बाढी, पहिरो र डुवानमा परेकाहरूको उद्धारमा खटिन तरुण अध्यक्षको अपील
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले बाढी, पहिरो र डुवानमा परेका नागरिकहरूको उद्धारमा खटिन केन्द्रीय सदस्य, जिल्ला र मातहतको समितिलाई अपील गरेका छन् ।
आइतबार अध्यक्ष गुरुङले विज्ञप्ति जारी गरेर बाढी, पहिरो र डुवानका कारण भएको जनधनको क्षतिप्रति चिन्ता जनाएका छन् ।
उनले प्राकृतिक प्रकोपका कारण दुःखद् अवस्था सिर्जना भएको भन्दै चिन्ता जनाएका छन् ।
उनले भने, ‘सम्पूर्ण आमाबुवा, दाजुभाई, दिदीबहिनीहरूलाई यस दुखद् अवस्थामा थप जन धनको क्षतिबाट जोगिन र जोगाउन सतर्कता अपनाउन अपील गर्दछु ।’
अध्यक्ष गुरुङले भने, ‘प्राकृतिक प्रकोपबाट उत्पन्न विपत्तिको स्थानीय निकाय र प्रहरी प्रशासनसँग समन्वय गरि नागरिकको उद्धार र सुरक्षित व्यवस्थापनमा खटिन कृयाशील भएर लाग्न दलको केन्द्रीय सदस्यहरू, जिल्ला कार्यसमिति र मातहतको समितिमा रहनु हुने सम्पूर्ण तरुणहरूलाई अपील गर्दछु ।’
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया