सिंहद्वारा माओवादीसहित दलका छ मन्त्रीहरूलाई बर्खास्त
जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री शतिस सिंहले माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका मन्त्रीहरूलाई बर्खास्त गरेका छन् ।
शनिबार मुख्यमन्त्री सिंहले ६ जना मन्त्रीहरूलाई बर्खास्त गरेका हुन् । सिंहले एमाले र जनतम पार्टीका मन्त्रीहरूलाई चलाएका छैनन् ।
मुख्यमन्त्री सिंहले विश्वासको मत लिने तयारी गरिरहेका बेला माओवादीसहितका दलका ६ मन्त्रीलाई बर्खास्त गरिदिएपछि हलचल उत्पन्न भएको छ । मुख्यमन्त्री सिंहलाई नेपाली कांग्रेस, एमालेसहितका दलले समर्थन गरेर सरकार बचाउनेछन् ।
मुख्यमन्त्री सिंहले मन्त्रिपरिषद् पुनर्गठन गरेका छैनन् । केन्द्रमा नयाँ समीकरण बनेपछि मधेश प्रदेशमा पनि जनमत पार्टीले रणनीति परिवर्तन गरेको छ । मधेश प्रदेशमा जनमत पार्टीको सरकार छ ।
माओवादीका अर्थमन्त्री भरत साह, उद्योगमन्त्री युवराज भट्टराई र नेकप (एकीकृत समाजवादी)का भूमि व्यवस्थामन्त्री गोविन्द न्यौपाने, ऊर्जामन्त्री बेची लुङ्गेली, नागरिक उन्मुक्ति पार्टीकी श्रममन्त्री उर्मिला सिंह र नेपाल संघीय समाजवादीका गृह तथा सञ्चारमन्त्री विमला अन्सारीलाई बर्खास्त गरेका छन् ।
६ जना मन्त्रीहरूलाई बर्खास्त गरेपछि मुख्यमन्त्री सिंहले नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीलाई शपथ गराउने तयारी गरेको बुझिएको छ ।
कांग्रेसले ४ मन्त्री र २ जना राज्यमन्त्री लिएर सरकारमा सहभागी हुँदैछ । लोसपाको भने टुङ्गो लागेको छैन । लोसपाले २ मन्त्रालयमा दाबी गरेको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया