प्रदीपले विमानस्थलहरु चलाउन नसकेपछि पीपीपी मोडलमा चलाउन अध्ययन समिति गठन

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले चार ठूला विमानस्थलहरु च्लाउन नसकेपछि सरकारले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा सञ्चालन गर्ने तयारी गरेको छ ।

सरकारले काठमाडौं, पोखरा, भैरहवा र प्रस्ताव गरिएका अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक पीपीपी मोडेलमा सञ्चालन गर्न अध्ययन समिति गठन गर्ने निर्णय गरेको छ ।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखराको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा प्रस्तावित नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सर्तसहित पीपीपी मोडेलमा सञ्चालन गर्न सरकारले अध्ययन समिति गठन गरेको जनाएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समिति गठन गर्ने प्रस्तावलाई स्वीकृति प्रदान गरेको छ ।

विमानस्थलबारे अध्ययनका लागि पूर्वसचिव शंकरप्रसाद अधिकारीको संयोजकत्वमा लगानी विज्ञ घनश्याम ओझा, पर्यटन मन्त्रालयको हवाई महाशाखा प्रमुख बुद्धिसागर लामिछाने, लगानी बोर्डका सहसचिव र सदस्य सचिव रहने गरी नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक दीपेन्द्र श्रेष्ठ रहेको पाँच सदस्यीय समिति गठन गरिएको छ ।

महानिर्देशक अधिकारीले विमानस्थलहरु चलाउन नसकेपछि सरकारले पीपीपी मोडलमा चलाउन खोजेको छ । अधिकारीको असक्षमताका कारण विमास्थलहरु चल्न नसकेको आरोप छ ।

पोखरा र भैरहवा विमानस्थल निकै घाटामा छन् । अधिकारी आयोजना प्रमुख बनेर बनाइएका यी विमानस्थलबाट अन्य देशमा उडान हुन सकेको छैन ।

Published : Friday, 2024 February 2, 8:27 am

फेसबुकबाट तपाईको प्रतिक्रिया