कुटाइ खाएकी चिनियाँ महिलालाई नेपालबाट देश निकाला
काठमाडौं । नेपाल सरकारले जाजरकोटमा कुटाए खाएकी चिनियाँ महिलालाई देश निकाला (डिपोट) गरेको छ ।
गैरकानूनी रुपमा नेपालमा बसेको खुलासा भएपछि उनलाई देश निकाला गरिएको हो । ईजे ८०२६७९५ राहदानी नम्बर रहेको चिनियाँ महिला सोउ सिच्याङ भिसा म्याद सकेर नियमित नगरी ओभरस्टे गरेर बसेको स्रोतले जनाएको छ ।
उनलाई यस भिसा वर्षसम्म नेपाल प्रवेश गर्न नपाउने गरी नेपालबाट निष्कासन गर्न गृह मन्त्रालयले अध्यागमन विभागलाई पत्र पठाएको छ ।
गृह मन्त्रालयको पत्रलगतै चिनियाँ महिलालाई डिपोट गरिएको अध्यागम विभागका प्रमुख रुदसिंह तामाङले बताएका छन् ।
मंसिरमा जाजरकोटमा राहत लिएर गएकी चिनियाा महिला सिच्याङलाई माओवादी केन्द्रका कार्यकर्ताले कुटपिट गरेका थिए ।
Published : Wednesday, 2024 January 31, 11:17 pm
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया