प्रहरीको २६ रोपनी जमीन खान खोज्ने पावरफुल बस्नेत पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले लिखितसम्बन्धी कसूरमा ६७ वर्षीय पुष्करबहादुर बस्नेतलाई पक्राउ गरेको छ ।
लिखत सम्बन्धी कसूर मुद्धाका प्रतिवादी काभ्रेपलान्चोकको पनौति नगरपालिका–६ सुनथान घर भई हाल बनेपा नगरपालिका–७ बस्ने बस्नेतलाई मंगलबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
नेपाल सरकारले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजलाई हकभोगको लागि दिएको काभ्रेपलाञ्चोकको साविक सुनथान गाविस–८ कि. नं. ७५ क्षेत्रफल ३६–०–२–० वन क्षेत्र भनी उल्लेख भएको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्नको लागि फिल्डबुक लगायत सरकारी कागजात कीर्ते गरेको मुद्दाको अनुसन्धानको क्रममा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले बस्नेतलाई बनेपा नगरपालिका–७ बाट पक्राउ गरेको हो ।
काभ्रेपलान्चोक जिल्ला अदालत धुलिखेलबाट लिखत सम्बन्धी कसूर मुद्दामा म्याद थप भई यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया