रेशम चौधरीले पत्नीको सम्पूर्ण अधिकार खोसे
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पत्नी समेत रहेकी अध्यक्ष रञ्जिता श्रेष्ठसँग कार्यकारी अधिकार खोसेका छन् ।
कैलालीको टीकापुरमा दुई दिन अगाडि बसेको केन्द्रीय कार्यसमितिको बैठकबाट रेशमले पत्नी रञ्जिताको अधिकार खोसेका हुन् । बैठकले सम्पूर्ण कार्यकारी अधिकार रेशमलाई दिने निर्णय गरेको छ ।
रेशम चौधरी नागरिक उन्मुक्ति पार्टीको संरक्षक थिए । उनकी जेठी पत्नी रञ्जिता श्रेष्ठ अध्यक्ष थिइन् । रञ्जिता श्रेष्ठ हाल भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री छिन् ।
सिंहदरबारस्थित भूमि सुधार मन्त्रालयमा अलग कोठा लिएर कार्यबाहक मन्त्री सरह रेशम चौधरीले काम गर्दै आएका छन् ।
नागरिक उन्मुक्ति पार्टीले केन्द्रीय महाधिवेशन कैलालीको टीकापुरमा गर्ने निर्णय पनि गरेको छ । महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुनेछ ।
नागरिक उन्मुक्ति पार्टीले महाधिवेशन तयारीका लागि विभिन्न १५ वटा उप–समिति बनाएको छ । आर्थिक समितिमा प्रतिनिधि सभा सदस्य गंगाराम चौधरी, प्रचार प्रसार समितिमा ठाकुरसिंह थारु, भान्सा व्यवस्थापन समितिमा रामेश्वर चौधरीलाई जिम्मेवारी दिइएको छ ।
मञ्च व्यवस्थापन समितिमा घनश्याम चौधरी, साँस्कृतिक तथा झाँकी समितिमा लक्ष्मणकिशोर चौधरी, अतिथि सत्कार समितिमा धर्मबहादुर चौधरी, स्वयंसेवक समितिमा इन्दिरा गिरीलाई जिम्मेवारी दिइएको छ ।
स्वास्थ्य सेवा समितिमा डा.सरोजसिंह चौधरी, आवास समितिमा रामलाल डंगौरा थारु, निर्वाचन समितिमा दमोदर पण्डित, राजनीतिक प्रतिवेदन मस्यौदा समितिमा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र यातायात व्यवस्थापन समितिको जिम्मेवारी अरुण चौधरीलाई दिइएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया