प्रधानमन्त्री दाहालले रवि लामिछानेलाई जवाफ दिए, सदनमा बबाल गर्ने प्रयास
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई दह्रो जवाफ दिएका छन् ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा संसदीय दलका नेता समेत रहेका सभापति लामिछानेले प्रधानमन्त्री दाहाललाई अमेरिका र चीनको भ्रमण गरेर मुडफ्रेस गरेर आएको भनेर व्याङ्ग्य गरेका थिए । त्यसपछि रोष्टमा बोल्ने क्रममा दाहालले आफू भ्रमणमा जानुभन्दा अगाडि सदनलाई जानकारी गराएको बताए ।
भारत भ्रमणमा जाँदा पनि सदनलाई जानकारी गराएको प्रधानमन्त्री दाहालले लामिछानेको नाम नलिएर जवाफ दिएका छन् ।
संसदमा शुरुमा बोल्न समय माग गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), एमाले, नेमकिपा, स्वतन्त्रका अमरेशकुमार सिंहले समय माग गरेर सदन अवरोधको प्रयास गरेका थिए ।
त्यसको विरोधमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का सांसदहरूले विरोध गर्दै पहिला सदनमा बोल्न प्रधानमन्त्री दाहाललाई समय दिनुपर्ने माग राखेका थिए । त्यसपछि प्रधानमन्त्री दाहालले सदनलाई सम्बोधन गरेका छन् ।
प्रधानमन्त्री दाहालले सुन तस्करी प्रकरणलाई छानविन गर्न आयोग गर्न गर्ने निर्णय भएको बताए । उनले नेपाल आयल निगमले खाना पकाउने ग्याँस र पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको निर्णय फिर्ता लिएको बताए ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया