आचार्यको संयोजकत्वमा सुन तस्करी छानबिन गर्न आयोग गठन, एमालेले पाएको भागमा थापा नियुक्त

काठमाडौं । सरकारले सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीशको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय छानबिन आयोग गठन गरेको छ ।

सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद बैठकले नेपालमा भइरहेको सुन तस्करीको छानबिन र सुझावसहितको प्रतिवेदन पेश गर्ने गरी उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा ४ सदस्यीय आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

आइतबार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष खड्गप्रसाद ओलीबीच भएको छलफलपछि पूर्वन्यायाधीश आचार्यको संयोजकत्वमा छानबिन आयोग गठन गर्ने सहमति बनेको थियो ।

समितिका सदस्यहरूमा अर्थ मन्त्रालयका सह–सचिव, गृह मन्त्रालयका सह–सचिव र नेपाल प्रहरीका एक पूर्वडिआइजी रहने वनमन्त्री वीरेन्द्र महतोले जानकारी दिएका छन् ।

‘मन्त्रिपरिषद्ले असोज ५ गते नै आयोग गठन गर्ने निर्णय गरेको थियो । तर त्यसमा केही समस्याहरू थिए’, उनले भनिन्, ‘अहिले ती समस्या रहेका विषयहरू सहमति भएपछि आयोगलाई पूर्णता दिइएको छ ।’

सुन छानविन काण्ड छानविन गर्न बनेको आयोगको सदस्यहरूमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा रहेका छन् । आयोगको सदस्यमा नियुक्त भएका सहकुल थापा नेपाल प्रहरीका पूर्वएआईजी हुन् । थापालाई एमालेको सिफारिसमा आयोगको सदस्य बनाइएको स्रोतले जनाएको छ ।

Published : Sunday, 2023 October 1, 1:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया