प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता, साथमा पौडेल र बर्तौला
काठमाडौं । चीनबाट आएको दोस्रो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद ओलीसँग भेटवार्ता गरेका छन् ।
आइतबार बिहान बालुवाटारमा दाहाल र ओलीबीच भेट भएको बुझिएको छ । प्रधानमन्त्री दाहालसँग भेट्नका लागि अध्यक्ष ओलीले उपाध्यक्ष विष्णु पौडेल र संसदीय दलका सचेतक महेश बर्तौलालाई पनि बालुवाटार लगेका छन् ।
प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच सुन तस्करी काण्डमा बनाउने भनिएको छानविन आयोग, मूल्य वृद्धि, शिक्षा विधेयक लगायतका विषयमा कुराकानी भएको छ ।
यसैबीच, आइतबार प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक सञ्चालनका लागि प्रधानमन्त्री दाहालले एमालेसँग सहयोगका लागि आग्रह गरेका छन् । एमालेले विभिन्न विषय उठाएर संसदको बैठक अबरोध गर्ने तयारी गरेको छ ।
प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बोलाइएको छ । संसदको बैठकमा विद्यालय शिक्षा विधेयक पेस गर्ने कार्यसूची रहेको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया