परस्त्रीसँग जंगलमा मंगल गर्दैगर्दा पत्नीले फेला पारेकी स्वास्थ्य शाखा प्रमुख पतिलाई कारबाही

काठमाडौं । झापाको अर्जुनधारा नगरपालिकाले स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतलाई जिम्मेवारीबाट हटाएको छ ।

जंगलमा डेटिङमा जाँदा श्रीमतीले फेला पारेको भन्दै बस्नेतमाथि उनकै श्रीमतीले गाली गर्दै लछारपछार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

अर्जुनधारा नगरपालिकाले बस्नेतलाई स्पष्टीकरण समेत सोधेको छ । नगर प्रमुख बलदेवसिंह गोम्देनको निर्देशनमा बस्नेतलाई ३ दिनभित्र स्पष्टीकरण बुझाउन भनिएको प्रमुख प्रशासकीय अधिकृत त्रिलोचन रिमालले बताएका छन् ।

त्रिलोचनले भने, ‘घटना समाजिक सञ्जालमा आएको देखिएको छ, त्यो घटना के हो भन्ने पनि थाहा छैन । नैतिक प्रश्न उठेकाले स्पष्टीकरण सोधेका हौं ।’

घटना कार्यालय, कार्यालय समयमा नभएको भन्दै त्रिलोचनले कहाँ कहिले घटना भएको हो भन्ने पनि स्पष्ट नभएको बताएका छन् ।

उनले सिनियर अहेब समेत रहेका न्यौपानेसँग देखिएकी युवती को हुन् भन्ने पनि जानकारी नभएको बताएका छन् । उनले स्पष्टीकरण चित्त बुझ्दो नआए विभागीय कारबाहीका लागि सिफारिस गरिने बताएका छन् ।

Published : Friday, 2023 September 29, 8:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया