मन्त्री रञ्जिता मन्त्रालयमा ढलिन्, पतिले चलाउन थाले कार्यबाहक बनेर मन्त्रालय
काठमाडौं । भूमि व्यवस्थापन, सहकारी तथा गिरिबी निवारणमन्त्री रञ्जित श्रेष्ठ मधुमेह (सुगर) रोगका कारण मन्त्रालय कम आउन थालेकी छिन् ।
श्रेष्ठलाई लो सुगर भएका कारण दुई पटक मन्त्रालयको कार्यकक्षमै ढलेकी छिन् । मन्त्री श्रेष्ठलाई अहिले खासै मन्त्रालयमा भेटिदैन ।
भूमि व्यवस्थामन्त्री श्रेष्ठ सुगरका कारण ढल्न थालेपछि सचिवालयमा एकजना स्वास्थ्यकर्मी (अनमी) राख्न प्रस्ताव गरिएको छ । अनमी राख्ने आवश्यक प्रबन्ध मन्त्रालयले मिलाइसकेको उच्च स्रोतले जनाएको छ ।
कुनै पनि बेला मन्त्रीलाई सुगर कम भएर ढल्ने भएकाले मन्त्रालयको स्टोरले श्रेष्ठका लागि चकलेटको समेत व्यवस्था गरेर राखिदिएको छ ।
भूमि व्यवस्थामन्त्री श्रेष्ठ स्वास्थ्य अवस्थाका कारण कुनै क्षति नहोस् भनेर मन्त्रालयले विशेष हेरचाह र आवश्यकता बन्दोबस्त मिलाएको छ ।
मन्त्री श्रेष्ठ अहिलेको क्याबिनेट मिनिस्टरमा कम मन्त्रालय आउने मन्त्रीमा पर्छिन् । हुन त उनी डिजुरे मन्त्री मात्र हुन् । ‘डिफ्याक्टो’ मन्त्रीको भूमिकामा उनका श्रीमान् एवं नागरिक उन्मुक्ति पार्टीका संरक्षण रेशम चोधरी रहेका छन् ।
सबै कुरा रेशमको निर्देशनमा हुने गरेको छ । रेशमले मन्त्रालय चलाउने भएपछि मन्त्री श्रेष्ठ मन्त्रालय आउनु र नआउनुमा तात्विक भिन्नता छैन ।
मन्त्री श्रेष्ठलाई सुगर रोग छ । मन्त्रालय नै रेशम चौधरीको लाइनमा चल्छ । मन्त्री श्रेष्ठ मन्त्रालय धरै नआएपनि फरक पर्दैन । भूमि व्यवस्थामन्त्री श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष हुन् । उनी छोटो समयमै सांसद हुँदै मन्त्री बन्न सफल भएकी छिन् ।
भूमि व्यवस्था मन्त्रालयले जनतालाई परिवर्तन र सुधारको महसुस हुने गरी कुनै काम गरेको पाइँदैन ।
रेशम चौधरीले भूमि व्यवस्थापन, सहकारी तथा गिरिबी निवारण मन्त्रालयलाई कार्यबाहक मन्त्री सरह चलाइरहेका छन् । दुई वटा पत्नी रहेका रेशमले मन्त्री समेत रहेकी जेठी पत्नी श्रेष्ठलाई दवावमा राखेको चर्चा र आरोप छ ।
रेशम चौधरी पछिल्लो समय धेरै समय कान्छी पत्नीसँग बिताउने गरेका छन् । कान्छी पत्नीले रेशमसँगको भिडियोहरू सामाजिक सञ्जालमा निकै राख्ने गरेकी छिन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया