चीनसँग चुच्चे नक्साबारे प्रचण्डले एकशब्द बोलेनन्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीन भ्रमणका बेला नेपालको चुच्चे नक्साका बारेमा कुरा गरेका छैनन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शनिबार चीनमा भएको भेटवार्तामा दाहालले नेपालको चुच्चे नक्साबारेमा कुरै गरेनन् । चीनले जारी गरेको नक्सामा नेपालको चुच्चे नक्सा छैन ।

नेपालको तर्फबाट प्रधानमन्त्री दाहालले चुच्चे नक्साका विषयमा कुरा गर्ने अनुमान थियो । तर, दाहालले जिनपिङसँग चुच्चे नक्साका बारेमा एकशब्द पनि कुरा गरेका छैनन् ।

नेपाली सञ्चारमाध्यमहरूले पनि चुच्चे नक्साका बारेमा एकशब्द लेखेका छैनन् । दाहालले किन चुच्चे नक्साका बारेमा कुरा किन निकालेनन् बेही भनेका छैनन् ।

Published : Sunday, 2023 September 24, 9:39 am

फेसबुकबाट तपाईको प्रतिक्रिया