माओवादीमा लाभको पद नपाएपछि कृष्णबहादुर महराका साथीले पार्टी छाडेर एमालेमा प्रवेश
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का दुई पूर्व केन्द्रीय सदस्यहरूले पार्टी छाडेर नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।
भक्तपुरको बालकोटस्थित एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको निवासमा पूर्वमाओवादी नेताहरू कुलानन्द गिरी तथा सानुमाया मगर एमालेमा प्रवेश गरेका हुन् । उनीहरूलाई ओलीले एमालेमा प्रवेश गराएका छन् ।
एमालेमा प्रवेश गरेका गिरी रोल्पाका नेता हुन् । गिरी माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराका सहपाटीसमेत हुन् ।
बिक्रम संवत् २०७४ सालको स्थानीय तहको निर्वाचनमा पार्टीले रोल्पास्थित त्रिवेणी गाउँपालिकाको अध्यक्षको टिकट नदिएपछि गिरी बागी उम्मेदवार बनेर विद्रोह गरेका थिए ।
त्यस बेला गिरीलाई माओवादी केन्द्रका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष महराले राजदूत वा सांसदको प्रस्ताव गरेका थिए ।
महरा र गिरीले विगतमा रोल्पाको एउटै स्कुलमा पढाउँने गरेका थिए । उनीहरूको राजनीतिक जीवन पनि लगभग एकै समयमा शुरु भएको छ ।
महराले राजनीतिमा फड्को मारेर पटक–पटक सभामुख, मन्त्री भइसक्दा पनि गिरीले कुनै लाभको पदपाउन सकेकका छैनन् । गिरीले कुनै पनि लाभको पद नपाएपछि माओवादी छाडेर माओवादीमा प्रवेश गरेका छन् ।
पूर्वयुवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइली, एमाले पूर्वसांसद गोकुल घर्तीलगायतलाई गिरीले पढाएका हुन् । जुँगार मावि रोल्पाको प्रधानाध्यापक पद छाडेर गिरी माओवादीको कथित जनयुद्धमा लागेका थिए ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया