सिंहदरबार प्रवेशमा थप कडाइ, क्युआर कोड लागू हुने
काठमाडौं । सिंहदरबार प्रवेशमा अब क्युआर कोडसहितको पासको व्यवस्था गरिने भएको छ ।
अनुमति नलिई मन्त्रालयहरूमा प्रवेश गरेर अनावश्यक रुपमा भीड गरेको भन्दै सिंहदरबार प्रवेशमा कडाइ गर्न लागिएको छ ।
सेवाग्राही प्रवेश गरेर भीड बढेको गुनासो आएपछि सिंहदरबार प्रवेशका लागि क्युआर कोडसहितको पासको व्यवस्था गरिन लागेको छ ।
मुख्यसचिव बैकुण्ठ आर्यालको अध्यक्षतामा बसेको बैठकमा सचिवहरूले मन्त्रालयहरूमा अनावश्यक मान्छेको भीड लाग्ने गरेको गुनासो गरेका छन् ।
सचिवहरूले कार्यालय समयमा सर्वसाधारणको भीडले काम गर्न नसक्ने अवस्था सिर्जना भएको गुनासो गरेपछि मुख्यसचिव अर्यालले सञ्चार तथा सूचना प्रविधि एवं गृह मन्त्रालयलाई आपसी समन्वय गरेर क्युआर कोड प्रयोग हुने प्रवेश पासको व्यवस्था मिलाउन भनेका छन् ।
केन्द्रीय सचिवालय सिंहदरबारमा गेट पास व्यवस्थापनलाई थप प्रभावकारी बनाउन गृह र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सहकार्य गरेर क्युआर कोडसहितको प्रवेश पासको व्यवस्था मिलाइनेछ ।
अनावश्यक मान्छे आउने र सचिवसँग फोटो खिचेर सामाजिक सञ्जालमा राख्ने गरेको सचिव र उच्च तहका कर्मचारीहरूलाई मन परेको छैन ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया