खुकुरी लागेर घाइतेसँग मुख्यमन्त्री चौधरीद्वारा भेट, उपचारमा सहयोग गर्ने आश्वासन
घोराही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले खुकुरी प्रहारबाट घाइते भएका ४५ वर्षीय वीरबहादुर हमाललाई भेट गरेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
शनिबार तुलसीपुरस्थित प्रादेशिक अस्पतालमा उपचार गराइरहेका वीरबहादुर हमाललाई भेट गरेर मुख्यमन्त्री चौधरीले स्वास्थ्य अवस्था र घटनाका बारेमा जानकारी लिएका हुन् ।
शनिबार तुलसीपुर उप–महानगरपालिकाको वडा नं. ११ बेलटाकुराका ३९ वर्षीय टेकबहादुर हमालले खुकुरी प्रहार गरेर रीता लामिछानेको हत्या गरेका थिए । टेकबहादुरले खुकुरी प्रहार गरेर वीरबहादुर हमाल र कमलाकुमारी हमाललाई घाइते बनाएका थिए । कमलाको कोहलपुर मेडिकल कलेज बाँकेमा उपचार भइरहेको छ ।
मुख्यमन्त्री चौधरीले अस्पतालमा पुगेर घाइते वीरबहादुर हमालको बारेमा चिकित्सकसँग स्वास्थ्य अवस्था बुझेका छन् । मुख्यमन्त्री चौधरीसँग घाइते वीरबहादुर हमालले खुकुरी प्रहारबाट आफू भाग्यले जोगिएको बताएका छन् ।
वीरबहादुरले भने, ‘मलाई उसले हत्या गर्ने उद्देश्यसहित घाँटीमै प्रहार गर्न खोजेको थियो । मैले हातले खुकुरी छेकेर ज्यान जोगाउन सफल भएँ ।’
खुकुरी प्रहारबाट वीरबहादुर हमालकी ६५ वर्षीया आमा चन्द्रकुमारी हमाल ‘कमला’ पनि घाइते भएकी छिन् । वीरबहादुरले आफ्नी आमाको उपचारका लागि सरकारले सघाउन मुख्यमन्त्री चौधरीसँग माग राखेका छन् ।
मुख्यमन्त्री चौधरीले व्यक्तिगत रूपमा आफूले र प्रदेश सरकारमा समेत सल्लाह गरी त्यसबारे निर्णय गर्ने आश्वासन दिएका छन् ।
कमलालाई तुलसीपुरमा प्रारम्भीक उपचार गरिएको थियो । उनलाई थप उपचारका लागि बाँकेतर्फ रिफर गरिएको छ । तुलसीपुर उप–महानगरपालिका वडा नं. ११ बेलटाकुराका ३९ वर्षीय टेकबहादुर हमालले शनिबार दिउँसो छिमेकी ४३ वर्षीया रीता लामिछानेमाथि खुकुरी प्रहार गरी हत्या गरेका थिए ।
रीता लामिछानेको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी ठाकुरप्रसाद पोखरेलले बताएका छन् ।
देवी चढेको भनेर टेकबहादुर हमालले आफ्नो घरभित्रबाट खुकुरी लिएर रीता लामिछाने, वीरबहादुर हमाल र चन्द्रकुमारी हमाल ‘कमला’लाई धमाधम खुकुरी प्रहार गरेका थिए ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया