सुन तस्करी काण्डबारे ओलीको ठूलो खुलासा, चीनमा रहेका प्रचण्डलाई तनाब

काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले सरकार आफैँले सुन तस्करी गरिरहेको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले स्वर्ण युगको झल्को दिनेगरी सरकार आफैँ सुन तस्करीमा संलग्न रहेको बताए ।

ओलीले सुन तस्करी प्रकरण चलाउनेहरू आफैँले स्वर्ण युग आयो भनेर भनिरहेको बताएका छन् । ओलीले भने, ‘सुन फल्छ भनेर यहाँ काठमाडौं आएको, यहाँ त नुन पनि पाइँदो रहेनछ भन्ने कसैले भनेका छन् । यहाँ ब्रेक सुमा सुनैसुन । वेपमा सुनैसुन । सिग्रेट खान खोज्यो सुनैसुन । पानी चलाउने मोटर ल्यायो, सुनैसुन । जे छोयो, त्यो सुनैसुन ।’

एमालेका अध्यक्ष ओलीले भने, ‘स्वर्ण युग आयो भन्दैछ सरकार । यति सुन आएको छ । फेरि स्वर्ण युग नआए कहिले आउँछ त ? भन्दैछ सरकार । नुन पनि पाइँदैन भन्दा सरकारको बिरोध गरेजस्तो हुँदैन । स्वर्ण युग नै आएको छ ।’

‘उहिले हामी गोल्डेन टच भन्ने पढथ्यौं । त्यस्तै भएको छ । केरुङ भन्सारबाट आउने ट्रकहरुमा सुन बोकिन्छ’, ओलीले भने, ‘पहिलेपहिले रातो चन्दन उत्तर लगिन्थ्यो, अहिले उत्तरतिरबाट सुन ओरालो झारिन्छ । यो भइराखेको छ ।’

चिल आयो, चिल आयो भनेर देखाउने अनि कुखुरा आफू बोकेर कुद्ने शैली सरकारले अपनाएको ओलीको आरोप छ ।

उनले भने, ‘धेरै नेपालीले यस नाजुक स्थितिबाट सोच्न पर्दछ । यस स्थितिमा परिवर्तन ल्याउनै पर्दछ । किन, देशको मूल्यमा कुनै व्यक्तिका स्वार्थ आदि इत्यादि छ भन्न सकिँदैन ।’

एमालेका अध्यक्ष ओलीले सरकारले नै सुन तस्करी गरिरहेको आरोप लगाएपछि चीन भ्रमणमा रहेका प्रधानमन्त्री दाहाललाई तनाब भएको छ ।

Published : Saturday, 2023 September 23, 10:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया