घमण्डी चीनले प्रधानमन्त्री दाहाललाई बसमा चढायो, स्वागत गर्न ओलम्पिकका अध्यक्ष पठायो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चीनमा खेलकुदका सामान्य प्रशासनमन्त्री एवम् चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाओ झिदानले स्वागत गरेका छन् ।

शनिबार प्रधानमन्त्री दाहाललाई ह्याङ्गझोउ विमानस्थलमा अध्यक्ष गाओले स्वागत गरेको दाहालको ट्वीटर ह्याण्डलले जनाएको छ ।

प्रधानमन्त्री दाहाललाई ठूलो नेता वा मन्त्रीले स्वागत नगरेर चीनले खासै महत्व दिएको छैन । दाहाललाई चिनियाँ राष्ट्रपति सी जिनपिङले भेटवार्ता गरेर औपचारिकता मात्रै निभएका छन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङसहितका उच्चतहका व्यक्तिलाई नेपालले ठूलो महत्व दिएर विमानस्थलमा उच्च तहकै मन्त्री पुगेर स्वागत गर्ने गरेका थिए । चीनले प्रधानमन्त्री दाहाललाई खासै महत्व नदिएको सन्देश दिएको छ ।

चिनियाँ उच्च व्यक्तिलाई लिन जहाजसम्मै नेपालले गाडी लैजान गरेको थियो । चीनले प्रधानमन्त्री दाहाललाई जहाजबाट रातोकार्पेटसम्म बसमा हालेर ल्याएको छ । जहाजबाट झर्नेवित्तिकै चीनले प्रधानमन्त्री दाहालका लागि अलग गाडी पनि दिएको छैन । बसमा चढाएपछि घमण्डीको चीनको विरोध भइरहेको छ ।

Published : Saturday, 2023 September 23, 4:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया