प्रचण्डले सेनामा हालै काण्ड गरेपछि जर्नेलविरुद्ध कांग्रेसमा कुरा उठ्यो, निरिह बने मन्त्री
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली सेनामाथि ऐन र कानून विपरितको निर्णय गरेको भन्दै विरोध जनाएकाा छन् ।
शुक्रबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै बस्नेतले जबजब प्रचण्ड प्रधानमन्त्री हुन्छन् तबतब सेनामाथि हस्तक्षेप गरेर कब्जाको प्रयास गर्ने गरेको बताएका छन् । उनले आर्मीमा माओवादीबाट समायोजना भएर आएका जर्नेललाई ऐन विपरित म्याद थप गरेर राखेको बताए ।
बस्नेतले प्रचण्ड प्रधानमन्त्री भएका बेला नेपाली सेनामाथि कानून विपरितका दवाव र निर्णयहरू गर्ने गरेको भनेर आक्रोश पोखे ।
उनले भने, ‘जबजब प्रचण्ड प्रधानमन्त्री बन्छन् तब सेनालाई चलाउन थाल्छन् । पहिला पनि रुक्माङगद कटुवाल भयो । अहिले पनि सेनाको पदबी बिग्रेडियर जर्नेल एक जना माओवादीबाट समायोजनामा पर्नुभएको पहिला नै म्याद थप गरिसकेको, नभएको पद पनि केपी ओलीको सरकारको पालामा बिग्रेडियर जर्नेलको तीन वर्ष थपेको, चार वर्ष थपेको छ ।’
‘आज प्रचण्डको सरकार हुँदा ती माओवादी जर्नेलको विषयमा आर्मीले गर्नै नसक्ने ऐन विपरित बिधि र विधान विपरितको काम भएको छ’, बस्नेतले भने, ‘चार वर्षे म्याद थपेको छ । हामीले यो विषयमा बोल्ने कि नबोल्ने ?’
उनले भने, ‘चार वर्षे म्याद थपेको छ । म्याद नै नभएको कुरा भएको छ । यो विषयमा आर्मी पनि असन्तुष्ट छ ।’
‘मेरो परिवार नै आर्मीमा छन् । मलाई बोल्न भनेपछि बोलिदिएको छु’, उनले भने, ‘ऐन विपरित भएको घटनाले कतै कब्जा त गर्ने होइन ? हिजो पनि प्रचण्ड यतैतिर लाग्नुभयो । आज पनि लाग्नुभएको छ ।’
उनले भने, ‘सरकारमा हामीले रक्षामन्त्रीको रुपमा अगाडि आउँछौँ । यो निर्णय क्याबिनेट निर्णयबाट भएको छ । यस्ता घटनाहरूप्रति गम्भीर रुपमा नेपाली कांग्रेसले लिनुपर्छ ।’
सरकारमा कांग्रेसबाट उप–सभापति पूर्णबहादुर खड्का उप–प्रधानमन्त्री र रक्षामन्त्री छन् । खड्कालाई नै सेनामाथि प्रधानमन्त्री दाहालले ऐन विपरितको कार्यहरू गराइरहेका छन् । रक्षामन्त्री खड्का चुपचाप छन् । नेपाली सेनामाथि प्रचण्डले गरेको ऐन विपरितको हस्तक्षेपबारे बोलेका छैनन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया