ठाउँ कम छ, धेरै साथीहरू छुट्नुभएको छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिमा छुटेका नेताहरूलाई पार्टीको महासमितिमा समेट्ने बताएका छन् ।

बिहीबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा सभापति देउवाले थप ८ जनालाई केन्द्रीय सदस्य मनोनीत गरिएको जानकारी गराए । उनले अझै धेरै नेताहरू केन्द्रीय कार्यसमितिमा ल्याउन छुटेको बताएका छन् ।

देउवाले छुटेका नेताहरूलाई महासमितिमा समेटेर लैजाने आश्वासन दिएका छन् । देउवाले भने, ‘केन्द्रीय कार्यसमितिमा केही साथीहरूलाई मनोनीत गरिएको छ । ठाउँ कम छ, त्यसैले धेरै साथीहरू छुट्नुभएको छ ।’

उनले भने, ‘छुटेका नामहरू तपाइँहरूले पनि भन्नुहोला, महासमिति सदस्यमा अरू साथीहरूलाई अटाउँला ।’

कांग्रेसको विधानबमोजिम हरेक दुई महिनामा कम्तीमा एक पटक केन्द्रीय कार्यसमितिको बैठक बस्नुपर्ने प्रावधान छ ।

सभापति देउवाले १४औँ महाधिवेशनपछि पहिलो पटक विधानबमोजिम समयमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् ।

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बिहीबार पनि लाइभ गरिएको छ । अघिल्लो कार्यसमितिको बैठक पनि लाइभ गरिएको थियो ।

Published : Thursday, 2023 September 21, 5:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया