मायादेवीको मुख्य मन्दिरको मर्मत सम्भार हुने, डा.लामाले बचन पूरा गरे
काठमाडौं । लुम्बिनीस्थित मायादेवीको मुख्य मन्दिरको भवनको मर्मत सम्भार र जीर्णोद्धार हुने भएको छ ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्यारक्याल लामा (खेन्पो छिमे छिरिङ)ले मायादेवीको मुख्य मन्दिरको मर्मत सम्भार गर्न लागिएको बताएका छन् ।
उनले भने, ‘मायादेवीको मुख्य मन्दिर जीर्णोद्धार शुरु हुन्छ । रकमको मैले व्यवस्थापन गरेको छु । उपाध्यक्षको जिम्मेवारी सम्हालेकै दिन मायादेवीको मुख्य मन्दिर मर्मत सम्भारका लागि सात करोड दिने घोषणा गरेको थिएँ ।’
डा.लामाले लुम्बिनीलाई नमूनाका रुपमा अगाडि बढाउन चाहेका छन् । उनले लुम्बिनीको गुरुयोजना कति कार्यान्वयन भयो भनेर जानकारी पनि लिइरहेका छन् ।
पूर्वअर्थराज्य मन्त्री समेत रहेका उपाध्यक्ष डा.लामाले मायादेवीको मन्दिर मर्मतसम्भार गर्ने क्रममा सरकारसँग सहयोग नलिने बताए । उनले लुम्बिनीको सबैभन्दा आकर्षण भनेको मायादेवीको मुख्य मन्दिर रहेको बताए ।
उपाध्यक्ष डा.लामा हाल थाइल्याण्डमा छन् । डा.लामा कार्यक्रममा सहभागी हुनुका साथै आफ्नो स्वास्थ्यको उपचार पनि गराएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया