कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको नियमीत बैठक आज बस्दै छ ।

सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकमा समसामयिक राजनीति, पार्टीको आन्तरिक संरचनालगायत विषयमा छलफल हुनेछ ।

बैठकले महासमिति बैठकको एजेन्डा तय गर्ने सम्भावना छ । कांग्रेसले आगामी मंसिर १३, १४ र १५ गतेका लागि महासमिति बैठक बोलाएको छ ।

Published : Thursday, 2023 September 21, 8:36 am

फेसबुकबाट तपाईको प्रतिक्रिया