शेखरको गुटको बैठकमा गगन सहभागी, विश्व–प्रदीपद्वारा बहिस्कार, सरकार ढाल्नेसम्मका कुरा
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गुटको बैठक राखेर भागबण्डा, केन्द्रीय कार्यसमितिको बैठकका साथै गठबन्धनको सरकार परिवर्तनका विषयमा छलफल गरेका छन् ।
मंगलबार काठमाडौंको बालुवाटारस्थित सम्पर्क कार्यालयमा कोइरालाले एक दर्जन नेताहरूलाई बोलाएर गुटको बैठक गरेका हुन् । गुटको बैठकमा सरकारको कामकारबाही लगायतका विषयमा छलफल भएको केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले बताएका छन् । उनले कांग्रेसको नेतृत्वमा सरकार बनाउने विषयमा पनि सामान्य छलफल भएको बताएका छन् ।
शेखर कोइरालाको गुटको बैठकलाई महामन्त्री विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले बहिस्कार गरेका छन् । बैठकमा महामन्त्री गगनकुमार थापाका ससुरा अर्जुन नरसिंह केसी देखिएनन् ।
गुटको बैठकमा उप–सभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, सह–महामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार, मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, चन्द्र भण्डारीको उपस्थिति रहेको थियो ।
त्यसै गरी गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली, दिनेश कोइराला, सरिता प्रसाइँ, प्रतिमा गौतम, चन्द्रमोहन यादव, दीपक गिरी, सञ्जय गौतम, मधु आचार्य, मुक्ताकुमारी यादव लगायतको उपस्थिति रहेको थियो ।
हालै केन्द्रीय कार्यसमितिमा मनोनीत भएका नेता मीनेन्द्र रिजाल पनि शेखर समूहको बैठकमा सहभागी भएका छन् । सभापति शेरबहादुर देउवाले दुई महिना अगाडि केन्द्रीय सदस्य पदमा मनोनीत गरेका थिए ।
चितवनमा स्वतन्त्र उम्मेदवार बनेर एमालेको समर्थनमा चुनाव लडेपछि कारवाहीमा परेका दिनेश कोइराला पनि शेखरको गुटको बैठकमा सहभागी छन् ।
कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असोज ४ गते बस्न लागेको छ । साउन पहिलो साता बसेको केन्द्रीय समितिको बैठकअघि शेखरले गुटको भेला बोलाएका थिएनन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया