कांग्रेसको अछाम–काठमाडौं सम्पर्क समितिको सभापतिमा धामी

काठमाडौं । नेपाली कांग्रेस अछाम–काठमाडौं सम्पर्क समितिको सभापतिको जिम्मेवारी जनकबहादुर धामीले पाएका छन् ।

नेपाली कांग्रेस अछामका सभापति पुष्पबहादुर शाहले पार्टीको विधान २०१७ को दशौं संशोधन २०७८ को परिच्छेद ११ धारा ४१ बमोजिम सम्पर्क समितिको सभापतिको जिम्मेवारी प्रदान गरेका हुन् ।

धामीले पार्टीको हितमा र अछामको विकासमा आफूले सक्दो काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

पञ्चदेवल विनायक नगरपालिका वडा नं. २ अछाम स्थायी घर भएका धामी व्यवसायी तथा उद्यमी पनि हुन् । उनले अछामबाट काठमाडौंमा आएर बसेकाहरूलाई शिक्षा, स्वास्थ्य र रोजगारका लागि सक्दो सहयोग गर्दै आएका छन् ।

आफूले जहिले पनि कांग्रेसको संगठन बलियो बनाउनका लागि प्रतिबद्ध र सक्रिय रहँदै आइरहेको बताउँदै धामीले आगामी दिनमा पार्टीको सम्पर्क समितिलाई अझै बलियो बनाउँदै लग्ने र कांग्रेस अछामलाई पनि बलियो बनाउन लाग्ने प्रतिबद्धता गरेका छन् ।

महाधिवेशन प्रतिनिधि समेत रहेका धामीले कांग्रेसको उद्योग व्यापार विभागमा रहेर काम गरिसकेका छन् ।

Published : Friday, 2023 September 15, 11:38 am

फेसबुकबाट तपाईको प्रतिक्रिया