स्व.नेम्वाङको शवमा ५ किलो रसायन छर्कियो, एक हप्तासम्म सोइलिङ हुनेछैन
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको शवमा पाँच किलो रसायन छर्किएर राखिएको छ ।
स्व.नेम्वाङको शव बिहीबारसम्म नबिग्रियोस् भनेर चिकित्सकहरूले रसायनमा राखेका हुन् । नेम्वाङकोको शवलाई बिहीबार अन्येष्टि गरिनेछ ।
स्व.नेम्वाङको शवलाई एक सातासम्म नबिग्रनेगरी पाँच किलो रसायन प्रयोग गरिएको एमालेका स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठले बताएका छन् ।
पाँच केजीको केमिकल स्व.नेम्वाङको शरीरमा स्प्रे गरिएको श्रेष्ठले बताएका छन् । स्प्रे गरेपछि एक हप्तासम्म स्व.नेम्वाङको शरीर सोइलिङ हुनेछैन । शवबाट दुर्गन्ध पनि आउनेछैन ।
महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालबाट स्व.नेम्वाङको शवलाई ललितपुरको च्यासलस्थित एमाले पार्टी केन्द्रीय कार्यालय पुर्याएको थियो ।
बुधबार दिउँसो साढे एक बजे नेम्वाङको शवलाई बालुवाटारस्थित निवासमा लगिनेछ । अष्ट्रेलिया र बेलायतबाट दुवै छोरा आएपछि बिहीबार स्व.नेम्वाङलाई पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ ।
नेम्वाङका जेठो छोरा पढ्न बेलायत गाएका छन् । कान्छो छोरा अष्ट्रेलियामा छन् । बिहीबार साढे ११ बजे राजकीय सम्मानका साथ स्व.नेम्वाङको शव यात्रासहित पशुपति आर्यघाटमा लगेर अन्तिम दाहासंस्कार गरिनेछ ।
नेम्वाङलाई सोमबार राति एक्कासि १०२ डिग्री ज्वरो आएको थियो । बेलुका शौचालय जाने क्रममा असहज भएपछि नेम्वाङ शौचालयमा ढलेका थिए ।
नेम्वाङ ढलेपछि श्रीमतीले उठाएर अस्पताल लगेकी थिइन् । चिकित्सकहरूले अस्पतालमा चेकजाँचपछि नेम्वाङलाई मतृ घोषणा गरेका थिए ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया