तरुण दलले गृहमन्त्री श्रेष्ठको पुत्ला जलायो, राँके जुलुस प्रदर्शन

काठमाडौं । नेपाल तरुण दलले उप–प्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेर पुत्ला जलाएको छ ।

आइतबार साँझ तरुण दलले गृहमन्त्री श्रेष्ठको राजीनामा माग गरेर राँके जुलुस प्रदर्शन गरेको हो । गृहमन्त्रीको पुत्ला पनि जलाएका छन् ।

नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको विषयलाई लिएर तरुण दलले काठमाडौंसहित विभिन्न स्थानमा प्रदर्शन गरिरहेको छ ।

राँके जुलुसपछि तरुणहरूले कोण सभा गरेका छन् । तरुण दलका कार्यकर्ताले गृहमन्त्री श्रेष्ठको पुत्ला पनि जलाएका छन् ।

Published : Monday, 2023 September 11, 10:16 am

फेसबुकबाट तपाईको प्रतिक्रिया