सुन काण्डमा पक्राउ परेकाहरूको रिहाइ मागसहित कर्मचारीहरू आन्दोलित
काठमाडौं । पक्राउ परेका कर्मचारीको रिहाइ मागसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कार्यरत कर्मचारीहरूले आन्दोलन घोषणा गरेका छन् ।
कानूनबमोजिम असल नियतले गरिएका दैनिक प्रशासनिक कार्यलाई नै हतोत्साहित गर्ने गरी कर्मचारीहरूको मनोबल गिराउने तथा आत्मसम्मानमा ठेस पुर्याउने गरी विभिन्न निकायबाट निरन्तर हस्तक्षेप भएको भन्दै कर्मचारीहरूले आन्दोलन घोषणा गरेका हुन् ।
उनीहरूले त्यस्तो हस्तक्षेप पूर्ण रूपमा बन्द नभएसम्म दैनिक कार्यसञ्चालन गर्न असमर्थ रहेको भन्दै सामूहिक सरुवाको लागि भन्सार विभागका महानिर्देशकसमक्ष निवेदन दिएका छन् ।
मागको सुनुवाइ नभएको तथा कार्य वातावरण झन् बिग्रँदै गएको भन्दै कर्मचारीहरूले विरोधका कार्यक्रम घोषणा गरेका छन् ।
पछिल्लो समय विमानस्थलको भन्सार पास भई बाहिरिएको तस्करीको ६० केजी सुन पक्राउपछि अनुसन्धानको क्रममा भन्सारका कर्मचारी पक्राउ परिरहेका छन् ।
प्रहरीले विमानस्थलमा कार्यरत कर्मचारीहरूमाथि पनि अनुसन्धान गरिरहेको छ । छानविन भएपछि विमानस्थलमा कार्यरत सबै कर्मचारी आन्दोलित भएका हुन् ।


बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया