दाइ र भाउजु मात्रै किन ? कांग्रेसका ससुरा खोइ ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दाइले भाउजुलाई टिकट दिने गरेको भनेर विवादास्पद अभिव्यक्ति दिएका छन् ।

दाइ र भाउजुको कुरा गर्दैगर्दा महामन्त्री थापाले ससुरालाई टिकट दिएको प्रशंग भने उठाउँदैनन् । किन भने थापाले आफ्ना ससुराहरूलाई जोडबल गरेर टिकट दिँदै आएका छन् । थापाले आफ्ना ससुरा अर्जुन नरसिंह केसीलाई नुवाकोटबाट प्रतिनिधि सभाको टिकट दिलाए । ससुराको टिकटका लागि महामन्त्री थापाले पार्टीभित्र ठूलो झगडा नै गरेका थिए । अर्का ससुरा जगदीश्वर नरसिंह केसीलाई पनि सांसद बनाउन निकै बल गरेका थिए ।

दाइ र भाउजुको कुरा गरेर नथाक्ने महामन्त्री थापाले किन ससुराको कुरा उठाउँदैनन् ? किन भने ससुराको कुरा उठाउनेवित्तिकै आफ्ना ससुराहरूको राजनीति समाप्त हुन्छ । ससुराको घरमा गुटको भेला राखेर पार्टी नेतृत्वलाई असहोग गर्दै आएका थापाले पहिला आफूबाट सुधार गर्नुपर्छ ।

दाइ र भाउजुको पार्टीभित्र समस्या छभने महामन्त्री थापाले विधि र पद्धति बनाएर जान सक्छन् । ससुरालाई टिकट दिन हुने तर, दाइ र भाउजु कांग्रेसमा सक्रिय छन् भने उनीहरूले टिकट पाउनु गलत हुन्छ ? दाइ र भाउजुलाई मात्रै होइन सासु र ससुरालाई पनि टिकट दिनु हुँदैन ।

गुट र भागबण्डाको राजनीति अन्त्य भएको घोषणा गरेर १४औँ महाधिवेशनमा महामन्त्री बनेर जितेका थापाले अहिले आएर भाग खोजेर पार्टीभित्र हैरान बनाएका छन् । गुटको भेला राखेर पार्टीभित्र बिग्रह ल्याएको आरोप छ । आफैले बोलेका कुरा छ महिना पनि टिकाउन नसक्ने थापाका पछिल्ला अभिव्यक्ति र गतिविधिले गुट/फुटलाई पश्रय दिएको आरोप छ ।

सिन्धुपाल्चोकमा शुक्रबार भएको नेपाल महिला संघको कार्यक्रममा महामन्त्री थापाले पार्टीको उम्मेदवार छान्ने प्रणाली परिवर्तन गर्नुपर्ने बताए ।

पार्टीभित्रको गुटको अन्त्य र पार्टीभित्रको विभेद अन्त्यका लागि टिकट वितरणको प्रणाली परिवर्तन गर्नुपर्ने उनले बताए । अहिलेको टिकट वितरण प्रणालीले असन्तुष्टि बढाएको उनले उल्लेख गरेका छन् ।

महामन्त्री थापाले भने, ‘वडाको सभापति छान्ने अधिकार विधानले तपाईहरुलाई दिन्छ । त्यही वडाको अध्यक्षको उम्मेदवार छान्न पर्‍यो भने तपाईको अधिकार खोसिएर त्योभन्दा माथि जान्छ ।’

सबै अधिकार जब दाइलाई दिनुहुन्छ भने दाइले टिकट भाउजुलाई नै दिने अवस्था बन्ने महामन्त्री थापाले बताए । दाइले भाउजुलाई टिकट दिने अवस्था नबन्नका लागि तल्लो तहलाई नै आफ्ना उम्मेदवार बनाउने अधिकार दिनुपर्ने थापाको भनाइ छ ।
‘कुनै क्षेत्रको टिकट बाँड्ने माथि बस्ने दाइले होइन’, उनले भने, ‘त्यहीँका पार्टी सदस्यहरूले मतदान गरेर छान्नुपर्दछ ।’

महामन्त्री थापाले युवाले पार्टीको नेतृत्व लिनुपर्ने बताउने गरेका छन् । थापाका ससुरा कति वर्षका भए ? आफ्ना आफन्तले टिकट र अवसर पाउँदा ठीक हुने, अरुले अवसर पाउँदा बेठीक हुने महामन्त्री थापाको भनाइ गलत छ ।

Published : Saturday, 2023 September 9, 9:30 am

फेसबुकबाट तपाईको प्रतिक्रिया