अपराधमा मुछिएका १५० भन्दा धेरै मान्छे भक्तपुरबाट भागे, गृहमन्त्रीले जिम्मेवारी लिने कि नलिने ?
काठमाडौं । भक्तपुरको सानोठिमीस्थित युसेफको बालसुधार गृहबाट अपराधमा मुछिएका करीव १ सय ५० जना बालबालिका तथा किशोरहरू भागेका छन् ।
सोमबार दिउँसो उनीहरू सुधार गृहको ढोका फोडेर भागेको सुधार गृहले जनाएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) खगेन्द्रप्रसाद रिजालले फरार भएका बालबालिका तथा किशोरहरूको खोजीका लागि सुरक्षाकर्मीहरू परिचालन गरिएको बताएका छन् ।
आइतबार सुधारमा एकजना बालकको मृत्यु भएको थियो । बालकका आफन्तले गेटमा प्रदर्शन गर्नुका साथै तोडफोड समेत गरेका थिए ।
बालसुधार गृहभित्र रहेका अधिकांश बन्दीहरूले पनि प्रदर्शनकारीलाई नै साथ दिएर प्रदर्शनमा सामेल भएका थिए ।
सुधार गृहमा २५६ जना बन्दी रहेकोमा हाल ३२ जना किशोरी र केही बालकहरू मात्रै बाँकी रहेको सीडीओ रिजालले बताएका छन् । सोमबार १ सय ५० भन्दा धेरै भागेको प्रहरीले जनाएको छ ।

फरार रहेकामध्ये केहीलाई पक्राउ गरिएको सीडीओ रिजालले बताएका छन् । फरार रहेका बालबालिका तथा किशोरहरूलाई पक्राउ गर्न भक्तपुरसहित काठमाडौं उपत्यकाभित्र उल्लेख्य संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
नौटंकी गरेर जनतालाई गुमराहमा राखेका गृहमन्त्री नारायणकाजी श्रेष्ठले भक्तपुरको घटनाको जिम्मेवारी लिनुपर्छ । श्रेष्ठ नौटंकवाज होइनन् भने घटनाको जिम्मेवारी लिएर राजीनामा दिनुपर्छ ।
गृहमन्त्री श्रेष्ठले यो घटनाको जिम्मेवारी लिन्छन् वा लिँदैनन् हेर्न बाँकी छ । प्रमुख विपक्षी दल एमालेले पनि श्रेष्ठलाई बचाउँछ वा राजीनामा गर्न बाध्य बनाउँछ चर्चाको विषय बनेको छ ।
यति धेरै मानिसहरू भागेपछि सामाजिक सञ्जालमा श्रेष्ठको आलोचना हुनुका साथै राजनामा माग भएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया