प्रदीपको ‘गुण्डा’शैलीको भर्त्सना, धेरै नउम्लिन चेतावनी
काठमाडौं । नेपाल पत्रकार महासंघले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको ‘गुण्डागर्दी’को भर्त्सना गरेको छ ।
सोमबार महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गरेर महानिर्देशक अधिकारीले समाचारका विषयमा स्पष्टीकरण सोध्ने कार्यको विरोध जनाएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गत अन्नपूर्ण पोष्ट दैनिकलगायतका मिडियामा प्रकाशित सामग्रीलाइ लिएर अन्नपूर्ण मिडियाका अध्यक्षलाई सोधिएको स्पष्टीकरणप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।’
‘अन्नपूर्ण पोष्ट दैनिकलगायतका मिडियामा उडान सुरक्षाका विषयमा समाचार सामग्री प्रकाशित भएको थियो’, महासंघले भनेको छ ।
‘उक्त सामग्रीले उडान सुरक्षामा गम्भीर चुनौती सिर्जना गर्ने र असर पुर्याउने भ्रामक र अफवाह फैलाउने खालको भएको भन्दै नागरिक उड्डयन प्राधिकरणले भदौ १ गते स्पष्टीकरण पत्र पठाइ ७ दिनभित्र जवाफ पठाउन माग गरेको अन्नपूर्ण मिडिया नेटवर्कले महासंघलाई जानकारी गराएको छ’, पुरीले भनेका छन् ।
‘कुनै पनि विषयमा संप्रेषण भएका सामग्रीका सन्दर्भमा चित्त नबुझे या गुनासो भए त्यसउपर कानूनी उपचार खोज्न सकिने प्रचलित प्रावधान र पद्धति छन्’, महासंघले चेतावनी शैलीमा महानिर्देशक अधिकारीलाई भनेको छ ।
‘कुनै पनि सञ्चारमाध्यममा प्रकाशित सामग्रीहरूको उत्तरदायित्व र सम्पादकीय नेतृत्व हुन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘सम्पादकीय स्वतन्त्रताको अभ्यासलाई आघात पुग्नेगरी सम्पादकीय समूहसँग असम्बन्धित पात्रलाई राज्यका निकायले स्पष्टीकरण सोध्नु कुनै पनि कोणबाट उचित हुनसक्दैन ।’
‘त्यसरी अनधिकृत रूपमा स्पष्टीकरण सोधिनु असोभनीय र पूर्ण प्रेस स्वतन्त्रताको संवैधानिक परिकल्पनाविपरीत भएको महासंघको ठहर छ’, चेतावनी शैलीमा महासचिव पुरीले भनेका छन् ।
‘महासंघ आफ्नो क्षेत्राधिकार र परिधिभित्र रही प्रेसको संवैधानिक स्वतन्त्रताको सम्मान गरी अनधिकृत रूपमा सोधिएको स्पष्टीकरण फिर्ता लिन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ’, महासंघले अधिकारीलाई चेतावनी दिएको छ ।
पदीय शक्ति दुरुपयोग गरेर प्राधिकरणभित्र बबण्डर मच्चाउँदै आएका महानिर्देशक अधिकारीले आफ्नाविरुद्ध समाचार आउनेवित्तिकै ती सञ्चारमाध्यम, पत्रकार, सम्पादक र प्रकाशकहरूलाई धम्काउँदै आएका छन् । महानिर्देशक अधिकारीका कर्तुतहरू प्रकाशित गर्ने सञ्चारमाध्यमलाई तर्साउन खोज्ने हर्कतको पत्रकार महासंघले भण्डाफोर गरिदिएको छ ।

महासंघले महानिर्देशक अधिकारीलाई आफ्नो अकौतमा बस्न सचेत गराएको छ । घुमाउरो बाटोबाट अधिकारी प्राधिकरणको महानिर्देशक बनेर आएपछि हवाइ सुरक्षा झन् समस्यामा परेको भनेर आलोचना भइरहेका छन् । हवाइ सुरक्षाका बारेमा समाचार सम्प्रेषण गर्ने सञ्चारमाध्यम र पत्रकारलाई धम्की दिने महानिर्देशक अधिकारीको कर्तुतको विरोध भइरहेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले महानिर्देशक अधिकारीको कर्तुतबारे स्पष्टीकरणहरू सोधेका थिए । कारबाही हुने डरले विभिन्न हर्कत गरेर अधिकारीले आफ्नो महानिर्देशक पद बचाएका छन् ।
आफू खुसी गर्दै आएका महानिर्देशक अधिकारीका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्जनौ उजुरी परेका छन् । आयोगले अधिकारीलाई अहिलेसम्म छानविन गरेर कारबाहीको दायरामा ल्याएको छैन ।
आफ्नो मान्छेले हेलिपोर्ट बनाउने काम नपाएपछि आगो बनेका महानिर्देशक अधिकारीले व्यक्तिगत रिसिबीका कारण सिम्रिक एयरलाई दु:ख दिँदै आएका छन् । महानिर्देशक अधिकारीले कानून र नियमभन्दा पनि बदला लिने भावनाले हर्कतहरू गर्दै आएका छन् ।
महानिर्देशक अधिकारीले आफ्नो पदीय जिम्मेवारी के हो, कानून र संविधानले के अधिकार दिएको छ ध्यान दिनुपर्छ । उच्च पदमा बसेर सञ्चारमाध्यमलाई थर्काउने, किन्न खोज्ने लगायतका दादागिरी र गुण्डागर्दीहरू अन्त्य गर्नुपर्छ । जति नै शक्तिशाली भए पनि मान्छेको शक्ति सधैँ एकनाश हुँदैन ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया