निलम्बन गर्नुपर्ने एसएसपी केसीको दोषको भागिदार कार्की र शाहलाई किन ? हिम्मत छभने छानविन गर
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख (एसएसपी) मनोज केसीले हाइलाइट गरिएका गोप्य दस्तावेज चुहाएको आरोप लागेको छ ।
कान्तिपुर दैनिक, नयाँ पत्रिका, सेतोपाटी, अनलाइन खबर लगायतका सञ्चारमाध्यमलाई एसएसपी केसीले भुटानी शरणार्थी प्रकरणका दस्तावेज दिएको अभियोग लागेको छ । एसएसपी केसीलाई निलम्बन गरेर कारबाही गर्न त्यही बेला प्रहरीभित्र कुरा उठेको थियो ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठ र एआईजी श्यामलाल ज्ञवालीले एसएसपी केसीलाई बचाएका थिए । तैपनि एसएसपी केसी सुध्रिएनन् । उनले आफ्नो पक्षमा बढाइचढाइ समाचार लेखाइ रहे । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरविरुद्ध पनि सेताेपाटी नाम गरेको अनलाइनमा समाचार लेखाए । कान्तिपुर दैनिकमा पनि समाचार लेखाए । आईजीपी कुँवरका गोप्य दस्तावेजहरू चुहाए । प्रहरीले अनुसन्धानका क्रममा हाइलाइट गरेका गोप्य दस्तावेजहरू सञ्चारमाध्यमलाई दिएर प्रहरीभित्रको अनुशासनलाई तोड्ने प्रयास एसएसपी केसीले गरेको आरोप छ ।
आईजीपी कुँवरले त्यही बेला नै एसएसपी केसी र एआईजी ज्ञवालीलाई कारबाही गर्नुपर्ने थियो । भुटानी शरणार्थी प्रकरण चलेकाले आईजीपी कुँवर डराएर अनुशासनहीन कार्य गर्ने केसी र ज्ञवालीलाई कुनै कारबाही भएन ।
नेपाल प्रहरी भनेको मुलुकको संगठन हो । मनोज केसी वा श्यामलाल ज्ञवालीले मात्रै धानेका छैनन् । उनीहरूभन्दा काबिल र सक्षम प्रहरी छन् । भुटानी प्रकरणको छानविन र अनुसन्धान एसएसपी केसी वा एआईजी ज्ञवाली एक्लैले गरेका होइनन् ।
केसी र ज्ञवालीले लेखाउने समाचारहरूमा जिल्ला प्रहरी परिसर काठमाडौंको नाम कतै आउँदैन । जबकि काठमाडौं प्रहरीले मुद्दा चलाउने, अनुसन्धान गर्ने लगायतका कार्यहरू गरिरहेको छ । एसएसपी केसीले त्यही बेला पक्राउ परेका सन्देश भण्डारीलाई दुई दिनसम्म हिरासतमा मोबाइलसहित राखेका थिए । भण्डारीको मोबाइलको विषयले त्यस बेला छानविन भएको भए एसएसपी केसीको जागिर नै जान सक्थ्यो ।
एआईजी ज्ञवालीले दोस्रो चरणको अनुसन्धान जारी रहेकै बेला सरकारले आफ्नो सरुवा गरेको दाबी गरिरहेका छन् । अहिले परेका निवेदनहरू भनेका पहिला नै अपराध कार्यालयमा दर्ता भएका पूरक उजुरीहरू रहेको एक प्रहरीले जनाएका छन् । एसएसपी केसीले पनि त्यही निवेदनलाई हतियार बनाएका छन् । कानून बुझेको र जानेको व्यक्तिलाई ती निवेदनहरूका बारेमा सोध्दा जसले पनि भन्छ ।
एसएसपी केसी र एआईजी ज्ञवाली निकटका सञ्चारमाध्यमले नेपाली कांग्रेसको दवावमा एआईजीहरूको सरुवा गरेको आरोप लगाइएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छन् । गृहमन्त्री नारायणकाजी छन् । कांग्रेसले चाहन्थ्यो भने आफ्ना सांसदलाई पक्राउ गर्ने सीआइबीको प्रमुख एआईजी किरण बज्राचार्यलाई पनि हटाउन लगाउँथ्यो । बज्राचार्यको त सरुवा भएको छैन त । प्रहरीभित्र अनुशासनहीन कार्य गर्ने केही एआईजीहरूको मात्रै सरुवा भएको छ ।
केसीले राम्रो काम गरेका होलान् । उनले प्रहरीले हाइलाइट गरेका गोप्य दस्तावेज चुहाएका छन् । यो आरोपको केसीले होइन भनेर विज्ञप्ति जारी गरेर खण्डन गर्नुपर्छ । होइन भने हेडक्वाटरले छानविन समिति बनाएर एआईजी ज्ञवाली र एसएसपी केसीलाई अनुसन्धानको दायरामा ल्याउनुपर्छ । निलम्बन गर्नुपर्छ ।
नेपाल प्रहरीको गरिमा बचाउन हेडक्वाटरले छानविन समिति बनाउनैपर्छ । होइन भने यस्ता दण्डहीनताले पश्रय पाउनेछ । नक्कली भुटानी शरणार्थी प्रकरणका नाममा केसी र ज्ञवालीलाई गोप्य दस्तावेज सञ्चारमाध्यमलाई दिएको अभियोगमा छुट दिन मिल्दैन ।
अझ रोचक कुरा त के छभने एसएसपी केसी र एआईजी ज्ञवालीको दोषको भागिदार जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) दानबहादुर कार्की र जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख (एसएसपी) शिद्धिविक्रम शाहलाई बनाइँदैछ । एसएसपी केसीको अपराध लुकाउन एसएसपीद्वय कार्की र शाहलाई बलिको बोका बनाइन लागिएको छ । आईजीपी कुँवरलाई यो कुरा राम्रोसँग जानकारी छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले एसएसपी केसीलाई च्यापेका कारण आईजीपी कुँवर निरीह छन् । गृहमन्त्री श्रेष्ठ यदि निष्पक्ष छन् भने एसएसपी केसीलाई छानविनको दायरमा ल्याउनुपर्छ । उनलाई मात्रै सरुवा गर्नुपर्छ । एसएसपीद्वय शाह र कार्कीलाई काम गर्न दिनुपर्छ । होइन भने गृहमन्त्री श्रेष्ठ र आईजीपी कुँवरको हविगती जनताले थाहा पाउनेछन् । मिडियाबाजी गरेकै भरमा कोही पनि हिरो बन्न सक्दैन ।
यही बेला आफू निकटका एसएसपीहरूलाई लैजान ठूलो चलखेल भइरहेको छ । गृह मन्त्रालयले काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्की, केसी र ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी शिद्धिविक्रम शाहको सरुवा गर्न लागेको व्यापक चर्चा छ ।
केसीलाई हेडक्वाटर तानेर उनको ठाउँमा सोमेन्द्रसिंह राठौरलाई पठाउने तयारी गरेको चर्चा छ । काठमाडौं परिसरमा भूपेन्द्र खत्रीलाई पठाउने तयारी गरेको चर्चा छ । ललितपुरमा एसएसपी दिनेश आचार्यलाई सरुवा गरेर शाहलाई सीआईबी पठाउने तयारी रहेको चर्चा छ । प्रतिक्रिया लिन एसएसपी केसीसँग प्रयास गर्दा सम्पर्क हुन सकेन ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया