राना थारु समुदायका महिलाहरूको पर्वमा कांग्रेस नेतृ डा.राणा सहभागी

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाकी सांसद डा.आरजु राणाले राना थारु समुदायले मनाउने तीज पर्वको कार्यक्रममा सहभागी भएकी छिन् ।

शनिबार कैलालीमा आयोजित विशेष कार्यक्रममा डा.राणा तीज पर्वको कार्यक्रममा सहभागी भएर राना थारुहरूको परम्पराअनुसार पूजामा सरिक भएकी छिन् ।

उनले राना थारु समुदायको तीज पर्वमा सहभागी हुन पाउँदा खुसी लागेको बताएकी छिन् ।

तीज पर्व राना थारु समुदायको ठूलो पर्व मानिन्छ । राना थारु समुदायका महिला दिदीबहिनीहरू दिनभरि निराहार व्रत बसेर साँझ नदीमा पूजाआजा गरेर त्यहिँ प्रसादको रूपमा तयार पारिएको परिकार खाने चलन छ ।

कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना थारु समुदायले तीज पर्व विशेष रुपमा मनाउने गरेको छ । कांग्रेस नेतृ डा.राणालाई राना थारु समुदायका महिला र कांग्रेसका नेता तथा कार्यकर्ताले विशेष स्वागत गरेका थिए ।

यसैबीच, कांग्रेस नेतृ डा.राणा नेपाल विद्यार्थी संघ कैलालीद्वारा आयोजित रक्तदान तथा वनभोज कार्यक्रममा सहभागी भएकी छिन् । उनले नेविसंघका नेता कार्यकर्तालाई संगठन निर्माणमा लाग्न निर्देशन समेत दिएकी छिन् ।

Published : Saturday, 2023 August 19, 11:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया