सभापति देउवाद्वारा कर्मचारीहरूको प्रशंसा, नयाँ दलहरूप्रति सकारात्मक
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशलाई समृद्धि र विकासतर्फ अघि बढाउनुपर्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा नेपाल निजामती कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशनलाई सम्बोधन गर्दै देउवाले कर्मचारी भनेको स्थायी सरकार भएकाले कर्मचारीहरूसहित सबै मिलेर अब देशलाई समृद्धि र विकासतर्फ अघि बढाउनुपर्ने बताए ।
उनले अहिले पार्टीका नाम जुनकुनै राखे पनि सबै पार्टीहरू प्रजातान्त्रिक र संविधानअनुसार चलेको बताएका छन् ।
‘कर्मचारी भनेको स्थायी सरकार हो’, देउवाले भने, ‘हामी भनेको राजनीतिक भनेको आउने जाने हो, निर्वाचित सरकार र स्थायी सरकार हुन्छ, त्यसैले वास्तवमा कर्मचारी भनेको स्थायी सरकार हो ।’
‘त्यो स्थायी सरकार सशक्त हुनुपर्छ । अहिले प्रजातन्त्रवादी छन् । पार्टीको नाम जे राखे पनि सबैले संविधानलाई पालना गर्नुभएको छ’, सभापति देउवाले भने ।
‘संविधानअनुसार पार्टी चलेका छन् । भोलिका दिनमा ध्यान दिनुपर्ने कुरा के छ भने कर्मचारी युनियन भयो, सामाजिक संगठन, राजनीतिक, पार्टी संगठनहरू चलायमान बनाउनुपर्छ’, देउवाले भने ।
‘अर्को भनेको देशलाई समृद्धितर्फ, विकासतर्फ बढाउनुपर्छ । कोभिडबाट बल्ल बल्ल मुक्ति पाएको देश हो यो’, उनले भने, ‘फेरि डेंगी आइरहेको छ । सबैकुरालाई ध्यानमा राखेर अघि बढ्नुपर्छ ।’
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया