सुन काण्डमा पक्राउ परेका दावाको बयानमा ईश्वर पोखरेल र बादलका छोराको नाम
काठमाडौं । सुन तस्करीको अभियोगमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङले एमालेका ठूला नेताहरूको छोराहरू आफ्नो व्यापारिक साझेदार रहेको बयानमा लिएका छन् ।
छिरिङले राजनीतिक दलका नेताहरूको परिवारका सदस्यको नाम समेत बयानमा लिएपछि सुन तस्करी प्रकरणको छानविन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) छक्क परेको छ ।
छिरिङले नेकपा (एमाले)का एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलका छोरा स्वराज पोखरेल र उपाध्यक्ष रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापासँग मिलेर विगत लामो समयदेखि व्यवसाय गरिरहेको बयान दिएको स्रोतको दाबी छ ।
उनीहरूसँग स्वास्थ्य सामग्रीसहित विभिन्न व्यवसायिक साझेदारीमा काम गरेको बयान छिरिङले दिएका छन् ।
तिब्बतीयन मूलका बेल्जियन नागरिक छिरिङले आफूलाई अप्ठेरो पर्दा स्वराज र प्रतीकले नै सहयोग गर्ने गरेको दावाको प्रारम्भीक बयानमा दिएका छन् । पूर्वगृहमन्त्री समेत रहेका थापाका छोरा प्रतीक नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार छन् ।
छिरिङले काठमाडौंको र्याडिसन होटलको साइडमा रहेको एक रेन्टुरेन्टमा आफू, मिस ली र स्वराजबीच बिजनेसका बारेमा छलफल हुने गरेको बयान दिएका छन् । छिरिङले उनीहरूसँग मिलेर कोभिडको बेला स्वास्थ्य सामग्री खरिद गरेको बताएका छन् । उनले प्रतीक थापा काम गर्न धेरै सहज रहेको बयानमा उल्लेख गरेको दाबी स्रोतको छ ।
साउन १० गते दावालाई होटल भियनामा छापा मार्दै छिरिङ पक्राउ परेका थिए । अरु व्यवसायमा साझेदारी रहेको बयानबाट खुले पनि सुन तस्करीमा स्वराज र प्रतीकको संलग्नता खुलेको छैन ।
राजस्व अनुसन्धान विभागको छानविनका क्रममा उनीहरू समेत संलग्न रहेको आशंका गरिए पनि सीआईबीले उनीहरूमाथि अनुसन्धान गरेको छैन ।
छिरिङले रामेछापका किशोर बस्नेतको पनि नाम लिएका छन् । बस्नेत तस्करीमा प्रत्यक्ष संलग्न रहेको खुलेको स्रोतको भनाइ छ ।
बस्नेतले तस्करीको सुन गाल्ने कारखाना व्यवस्थापन गर्नेदेखि सुन गाल्ने उपकरण खरिदमा समेत सहयोग गरेको आरोप छ ।
छिरिङको सम्पर्क सूत्र किशोर बस्नेत रहेको देखिएको छ । विद्युतीय चुरोट (भेप) मा राखेर ९ किलो सुन तस्करी गर्ने गिरोहसँग पनि किशोरको कनेक्सन देखिएको छ । किशोर हाल फरार छन् ।
साउन २ गते ब्रेक सुमा राखेर हङकङ हुँदै नेपाल भित्रिएको ६० किलो सुन कसको हो भन्ने अझै खुलिसकेको छैन ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठ, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख (एआईजी) श्यामलाल ज्ञवाली र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनका प्रमुख (एसएसपी) मनोज केसीले बयानमा नाम लिएकै भरमा नक्कली भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाणसहितलाई पक्राउ गरेर थुनामा पठाएका छन् । कतिपय कांग्रेसका नेताहरूविरुद्ध चरित्र हत्या गर्ने प्रयास गरेका थिए ।
श्रेष्ठ, ज्ञवाली र केसीको समूहले सुन तस्करी प्रकरणमा कृष्णबहादुर महरा, राहुल महराको नाम सीआईबीको प्रतिवदेनमा आउँदा पनि पक्राउ गरेर सोधपुछ पनि गरेको छैन । सुन तस्करी काण्डमा पक्राउ परेका छिरिङले स्वराज र प्रतीकको नाम बयानमा लिएका छन् ।
उनीहरूलाई पनि पक्राउ गरेर सोधपुछ गर्नेतिर गृहमन्त्री श्रेष्ठ, एआईजी ज्ञवाली, सीआईबी प्रमुख (एआईजी) किरण बज्राचार्य र एसएसपी केसीले चासो देखाएका छैनन् । एमाले र माओवादीका नेताहरू मुछिदा गृहमन्त्री श्रेष्ठ र उनको समूहले बचाउनतिर जोडबल गर्ने गरेको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया